कुरिनटार २६ भदौ – चितवनको इच्छाकामना गाउँपालिकाको निजि तथा सरकारी  विद्यालयका शिक्षक तथा कर्मचारी हरूकाे कोरोना विमा गरिएको छ ।                                                                                                      इच्छाकामना गाउँपालिकामा संचालनमा रहेका निजि  तर्फका   ४३ जना र सरकारी तर्फ ३१० जना गरि जम्मा ३५३ जना शिक्षक तथा शैक्षिक संस्थामा कार्यरत कर्मचारीहरूको इच्छाकामना गाउँपालिकाले कोरोना बिमा गरिदिएको हो। कोरोना संक्रमणको बिचपनि शैक्षिक सेवा प्रवाहमा खटिएका शिक्षक कर्मचारीहरुको थप हौसला बढाउन राष्ट्रिय बिमा कम्पनी साखा कार्यलय नारायणगढमा कोरोना स्वास्थ बिमा गरिएको हो।