नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ पाच किलो नजिक पहिरो खसेपछी सडक अबरुद्ध भएको छ।                                                                                        पछिल्लो दिनहरुमा भैरहेको मध्यम बर्षाको कारण उक्त पहिरो करिव बिहान ८ बजे खसेकोहो। पहिरो खसेपछी नारायणगढ हुँदै मुग्लिङ तर्फ आउने र मुग्लिङ बाट नारायणगढ तर्फ जाने सवारी साधन अबरुद्ध भएको छ। पहिरो पन्छाउन करिव २ घण्टा लाग्ने अनुमान गरिएको छ। अहिले सडक बिभागको मेसिन पहिरो पन्छाउन पहिरो खसेको स्थान तिर आइरहेको जिल्ला प्रहरी कार्यलय चितवनको प्रबक्ता सुर्य बहादुर थापाले जानकारी दिनु भएको छ।