इच्छाकामना २४ भदौ । गएरातिको भारी वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा एकमहिना अगाडि बनाएको डाइभर्सन नजिकको सडकको भुभाग पुनः बगाएपछि सडक अवरुद्ध बनेको छ।
गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनेको हरिपुरखोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरि अस्थायीरुपमा सकड सुचारु गरिएको थियो। उक्त डाइभर्सनको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले उद्गघाटन गरेका थिए । तर एक महिनामै सो डाइभर्सन नजिकैको जमिन बगाई पुनः सडक अवरुद्ध भएको हो ।
नयाबनेको डाइभर्सन नजिकैैैै सडक बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।
इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे ।
सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ।  उक्त सडक भएर दैनिक ३ सय भन्दा बढि मोटरसाइकल र १ सय भन्दा बढि साना ठु्ला गाडीहरु चल्ने गर्छन् ।

यसैबिच गाउँपालिका उपाध्यक्ष कृतिकमार श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल र प्राविधिकको टोलीले सो बगाएको डाइभरर्सनको निरिक्षण गरेका छन् ।
उक्त सडक भोलीदेखिनै अस्थायी रुपमा सञ्चालन गर्नका लागि  काम अघि बढाउन निर्देेशन दिएको बुुुुझीएको  छ ।