
चितवनको इच्छाकामनामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भरतपुर स्थित चितवन मेडिकल कलेज कोभिड १९ डाइग्नोस्टिक ल्याब्रोटरीमा गरिएको १९० वटा नमुना मध्य २३ जनामा कोभिड १९ पुष्टि भएको छ। जसमा एक जना इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ। आजको पोजिटिभ पुष्टि भएको ब्यक्ति सङै इच्छाकामना गाउँपालिकामा संक्रमित सख्या ४ पुगेको छ। यी भन्दा अगाडि वडा ५ कै ३ जना र वडा २ कि एकजना बालिका रहेकि थिइन। संक्रमित मध्य एक जना कोरोनालाइ जितेर घर फर्की सकेका छन भने अन्य संक्रमित सामन्या अवस्थामा उपचार गराइ रहेको इच्छाकामना गाउँपालिका स्वास्थ साखाले जानकारी गराएको छ।