इच्छाकामना, १५ भदौ । निषेधाज्ञा र विवादकाबिच चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यालय स्थापना गरिएको छ । सोमबार सगरमाथा यूवा क्लबको भवन फिस्लिङमा अस्थाई रुपमा औपचारिक कार्यक्रम गरि वडा कार्यालय उद्घाट्न गरिएको हो । हाल सम्म गाउँपालिकाको कार्यालय कुरिनटारमा वडा कार्यालय संचालन गर्दै आएका थिए ।
फिस्लिङ र चुम्लिङटारको दुई वटा प्रस्ताव गाउँसभामा आएपछि भएको मतविभाजनमा दुबै स्थानको पक्षमा स्पष्ट बहुमत नपुगेपछि तत्कालका लागि वडा कार्यालय अस्थाइरुपमा फिस्लिङमा संचालन गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताउनुभयो ।
गाउँपालिकाले एक हप्ताभित्र गाउँपालिका भवनबाट आफ्नै वडामा सार्न निर्देशन जारी गरेपछि वडा कार्यालय फिस्लिङमा सारिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
आगामी गाउँसभाले स्थायी रुपमा जहाँ तोकिन्छ सोही स्थानमा कानुनलाई मानेर वडा कार्यालय संचालन गरिने उहाँको भनाई छ ।
आगामी बस्ने गाउँसभाले स्थायीरुपमा टुंगो लगाउने उहाँले बताउनुभयो । जनप्रतिनिधि आएको ३८ महिना हुदाँ पनि वडा कार्यालय टुंगो नलाग्दा अन्यौल सिर्जना भएकाले अस्थाइरुपमा फिस्लिङ कार्यालय स्थापना गरि सोमबारबाट सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।
स्थानीय रुद्र बहादुर गुरुङले वडा कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभया,े “यस अघि वडाको सिफारिस लिन वाड नम्बर ४ कुरिनटार पुग्नुथ्र्यो अहिले आफ्नै वडाभित्र कार्यालय स्थापना हुदाँ सेवा लिन सहज हुने भएको छ । ”
अर्का स्थानीय गगन गुरुङले लामो समयपछि स्थानीयले आफ्नै वडाभित्र वडा कार्यालय पाएकोमा खुशी व्यक्त गर्नुभयो । नागरिकले सेवा पाउन सहज हुने उहाँको भनाई छ ।
अर्का स्थानीय मिन बहादुर श्रेष्ठले वडा कार्यालयको विवादलाई चाडैँ टुंगो लगाउनुपर्ने बताउनुभयो । तत्काल अस्थाइरुपमा भएपनि आफ्नै वडाभित्र वडा कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । यसलाई स्थायीरुपमै समाधान गर्न तर्फ लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिका कार्यालयको ताला अझै खुलेन
फिस्लिङ र चुम्लिङ कहाँ कार्यालय स्थापना गर्ने भन्ने विवादकैबिच वडा कार्यालय फिस्लिङ सारिएपछि असन्तुष्ट पक्षले गाउँपालिका कार्यालमै तालमा लगाएका छन् । उक्त ताला अहिले सम्म खुलेको छैन ।
चुम्लिङटार पक्षधरले हिजो साँझदेखि लगाएको तालाबन्दी अझै नखुलेको हो ।
आज गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालसंग भएको छलफलमा सहमती नजुटेपछि ताला नखुलेको प्रकाश पोखररेले बताए । गाउापालिका अध्यक्ष गीता कुमारी गुरुङकै मिलेमतोमा वडा कार्यालय सारिएको आरोप लगाउनुभयो । वडा कार्यालयको सामान पुरानै स्थान गाउँपालिकामा फिर्ता गरि वडाध्यक्ष वार्तामा नआएसम्म ताला नखुल्ने उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले लामो समय सम्म वडा कार्यालयको टुंगो लगाउन नसकेकोले तत्काल अस्थाई रुपमा वडा कार्यालय सारिएको बताउनुभयो । गाउँपालिकाले वडा कार्यालय सार्न निर्देशन दिएको तर कुने ठाउँमा राख्ने भनि स्थान नतोकिएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, लामो विवादकाबचि गाउँसभाले समेत टुंगो लगाउन सकेन, अव आगामी गाउँसभाले स्थायीरुपमा टुंगो लगाउने छ तत्ककाल अस्थाइरुपमा वडा कार्यालय सार्न निर्देशन दिएको हुँ , कहाँ राख्ने वडा समितिको अधिकार हो मैले स्थान तोकिएको होइन ।
प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले गाउँपालिकाको कार्यालयमा नै वडा नम्बर ३ र ४ को वडा कार्यालय पनि संचालन भइरहेकोले भिडभाड बढी हुनेभएकाले कोरोनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा केही सहज होस भनि कानुन सम्मत वडा कार्यालय सार्न वडाध्यक्षालई पत्राचार गरिएको बताउनुभयो ।
उहाँले गाउँपालिकाको पहिलो र तेस्रो कार्यपालिका बैठकले तत्कालिन अवस्थामा वडा कार्यालयहरुको केन्द्र कहाँ राख्ने भन्ने टुंगो लगाउने जिम्मा वडालाई नै दिने निर्णय भएकोमा ६ वटा वडाले टुंगो लगाए पनि वडा नंं. ३ ले हालसम्म टुंगो लगाउन नसकेको र केहि समय पहिले वडा कार्यपालिकाको बैठकको बहुमत निर्णयले फिस्लिङमा अस्थायी कार्यालय राख्ने निर्णय गरेको तर उक्त निर्णय कार्यान्वय गर्न नसकिरहेको अवस्थामा गाउँपालिका कार्यालय कुरिनटारबाट वडा संचालन भैरहेकोमा पुनः केहि दिन अघि बसेको वडाको बैठकले पहिले गरेको निर्णयलाई कार्यान्वयन गर्न वडा समितिलाई पत्राचार गरिएको बताउदैँ सोही अनुसार वडा समितिले वडा कार्यालय फिस्लिङमा संचालन गरिएको बताउनुभयो ।