
इच्छाकामना गाउँपालिकाका थप एकजना ३६ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पतालले कोभिड १९ बारे दिने नियमित अपडेट अनुसार धुलिखेल अस्पतालको कोरोना परिक्षण ल्यावमा परिक्षण गरिएको चितवनको २३६ वटा स्वाव नमूनाको आज प्राप्त रिपोर्ट मध्य १४ वटा नमूनामा कोरोना पोजेटिभ देखिएको छ।पोजेटिभ देखिएको रिपोर्ट मध्य १ जना इच्छाकामना गाउँपालिका बाट संकलन गरिएको स्वाब रहेको पुष्टि भएको छ। अन्य भने भरतपुर महानगरपालिकाको १२ जना र रत्ननगर नगरपालिकाको १ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ।
आज पोजिटिभ रिपोर्ट सङै इच्छाकामनामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ। पहिलो संक्रमित एकजना वृद्ध भने कोरोनालाइ जितेर फर्किएका छन।