कुरिनटार ११ भदौ – इच्छाकामनाका ३२ जनाको कोभिड १९ कोरोना पिसिआर बिधिबाट गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ। इच्छाकामना भित्र कार्यथलो बनाइ जोखिमयुक्त स्थानमा सेवा प्रवाह गर्ने बैंकका कर्मचारी,व्यापारी,पत्रकार, स्वास्थकर्मी र वडा अध्यक्ष लगाएतको स्वाब संकलन गरि गाउँपालिकाले भरतपुर अस्पतालको कोभिड १९ परिक्षण प्रयोगशालामा पठाएको नमुनाहरु मध्य गत ७ गते संकलन गरिएको ३२ जनाकै रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ। अन्य संकलित स्वाब हरुको रिपोर्ट आउन बाकी रहेको छ। अहिले सम्म इच्छाकामनामा दुइजना मात्र संक्रमित रहेका छन। एकजना लामोसमय देखि भरतपुर बस्दै आएकी बालिका र एक जना वृद्धमा मात्र कोरोना पोजिटिभ पुष्टि भएको छ।