
कुरिनटार ११ भदौ – कोभिड १९ कोरोना भाइरसको कारण देश लकडाउन भए देखि अहिले सम्म निरन्तर सुचना प्रवाहमा खटिएका इच्छाकामना गाउँपालिकाका क्रीयाशिल पत्रकारहरुको अवस्था बारे गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले चासो राख्नु भएको छ। लकडाउनले देश भरीनै अनेकौ समस्या देखापरिरहेको बर्तमान परिपेक्षमा समेत ज्यानको बाजि राखेर अहोरात्र सुचना र समाचार प्रवाहमा खटिएका स्थानिय पत्रकारहरुको संस्था इच्छाकामना संचारकर्मी समुहका अध्यक्ष रोहिणी त्रिपाठीको नेतृत्वमा आज अध्यक्ष गुरुङको कार्यकक्षमा पत्रकार र अध्यक्ष बिच छलफल भएको हो। छलफलमा पत्रकारको समस्या र अवस्था बारे अध्यक्ष गुरुङले चासो राख्नु भएको थियो। पत्रकार हरुले लकडाउन र निषेधाज्ञाको बिच भोगेका समस्याको बारे अध्यक्ष गुरुङलाई जानकारी गराएका थिए। भेटघाट पछि गाउँपालिका अध्यक्ष गुरुङले बिपतको बेलामा स्थानिय पत्रकारको भुमिकाको तारिफ गर्दै सुचना र समाचार प्रसारणमा आइरहेको र आउन सक्ने समस्या विरुद्ध आफुले सकेको सहयोग र हौसला बढाउने प्रतिज्ञा गर्नु भएको छ।