भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला अहिले बेलुका ९ बजे सम्म गरिएको ३३४ वटा नमुना परिक्षणमा १७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। भरतपुर महानगर वडा ४,१० र १२ का ३ जना र खैरहनी ३,५,८,९ र १२ का १२ जना र रत्ननगर ८ को एक महिला सहित चितवनका १६ जना र गैडाकोटको १ जना सहित १७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।