खान, लगाउन र बस्नकै लागि
जन्मनासाथ म बा आमा संग,
धरौटीको रुपमा बन्धक बनिसकको हुन्छु ।
जब हुर्कदैजान्छु, आफ्नो खुट्टामा उभिने प्रयास गर्छु, अनि सोच्छु,
नाङ्गो शरिर ढाक्न बस्त्र ,
भोको पेटलाई अन्न,
खुला आकाशलाई ओत ,
तब आफुलाई धेरै मालिकहरुको
मा धरौटी राखिएको महसुस गर्छु ।

अनि जब म मृत्यु शैयाको कहाली लाग्दो शिखरमा हुन्छु नि,
त्यति बेला न ओढ्न चाहिन्छ बस्त्र,
न भोको पेट भर्न भोजन ,
बरु चाहिन्छ त एउटा डरलाग्दो ज्वाला मसान घाटको ,
त्यसमा पनि आफुलाई थुप्रै आफन्त हरुकोे आँसुको ऋणी भएको हुनेछु ।
त्यसैले लाग्छ जीवन एउटा ऋण हरुको सागर हो ।

फेरी सोच्छु ,

बालापनमा यस धर्ति माथी उभिन संघर्ष गर्दै गर्दा
आमा, बा को स्नेह र साथ पाएँ ।
हरेक पाइला मा पाइला र कदम मा कदम मिलाउने,
साथीहरु को साथ पाएँ ।
युवा अवस्थामा हरेक दु:ख सुखमा साथ दिने,
जीवन साथीको माया पाएँ ,
बुढेसकालमा न हिड्न सकिन्छ
न खान सकिन्छ ,
न चाहेको कुरा गर्ननै सकिन्छ ,
त्यो बेला साथमा नआमा बा हुन्छन,
न आफ्नो शरीरको नै साथ ।
हो त्यही समय जिबनको मैझारोको बेला
सन्तानको हेरचाह र स्नेह पाउदा
लाग्छ जीवन त माया, प्रेम र
स्नेह को खानी पो रहेछ ।                                                                                         – रोजन सिलवाल