सिरिसिरी बतास चल्ने सुन्दर डाँडा पाखा
भञ्ज्याङ अनि चौतारीमा खेल्छन् साना पाठा
हरियाली सबैतिर सुन्दरताको खानि
छङ्छङ गर्ने झरनाको स्वच्छ कन्चन पानी।

डाँफे मुनाल कस्तुरीको लोभलाग्दो बास
प्रकृतिकै वरदान पाको सुन्दर अनि खास
बनजङगल हरियाली बन्यजन्तु कति
झाडी अनि चहुर बिच हिँड्छन् आफ्नै गति।

कुहुकुहु कोइली गाउदा भिन्दै माहोल बन्ने
चिर्रविर्र चरी आवाज सुन्दा लाग्छ धन्य
कतै डाँडा थली अनि समथर फाँट
धन्य हाम्रो नेपाल भूमि प्रकृतिकै साथ।

मुसुमुसु मुस्कुराउँछ सगरमाथा शिर
शान्ति भूमि बुद्ध भूमि स्वच्छ हाम्रो दिल
जलस्रोतको धनी देश खोला अनि नदि
तालतलैया झरना र हिमनदी छन् कति।

थरिथरि जडिबुटी स्रोतहरु को खानि
बिबिधताले भरिपुर्ण भूगोल साह्रै दामी
तराईको फाँटमा झुल्ने पहेलपुर धान
हेर्दा साह्रै राम्रो लाग्ने छुट्टै छ है सान।

दुर्लभ दुर्लभ बन्यजन्तु जडिबुटी सारा
सबै चिज पाइने ठाउँ अनौठो छ पारा
विश्वको नै गन्तव्य हो हाम्रो मातृभूमि
स्वर्ग लाई नै माथ गर्ने सुन्दर प्यारो भूमि।

सानो अनि सुन्दर देश विविधताले धनी
जातजाति र संस्कृतिमा अनेकताको खानि
अनेकतामा एकताले राष्ट्र बाँध्नुपर्छ
कुनै बिघ्न आउँदा एक भै कदम चाल्नु पर्छ।

स्वर्ग भन्दा सुन्दर देश का विरहरू हौ हामी
विश्वसामु गौरवशाली विरता छ नामी
लोभलाग्दो भूमि हाम्रो अटल हाम्रो सान
कहिं चुक्न दिनुहुन्न देशको स्वाभिमान।

यदु न्यौपाने
ईच्छाकामना गा.पा वडा नं ४ कुरिनटार चितवन