चितवन ,६ भदौ । पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। गएराती १ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन स्थित ३ नम्बर पुलमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
अहिले पहिरो हटाउनका लागि मेसिन पठाइए पनि रातभरको सवारी जामका कारण पहिरो स्थलमा पुग्न सकेको छैन । पहिरो हटाउनका लागि ३ घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् ।