कुरिनटार ३ भाद्र। कोभिड १९ कोरोना भाइरसको जोखिम बड्दै गए पछि इच्छाकामना गाउँपालिका भित्रका जोखिमपूर्ण सेवा प्रवाहमा सक्रिय ३२ जनाको कोभिड १९ पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। देश ब्यापी लकडाउन खुले सङै अत्याधिक संख्यामा कोभिड १९ संक्रमितको संख्या बढ्न थाले पछि जोखिम न्यूनीकरणको लागि इच्छाकामना गाउँपालिकाको पहलमा कोभिड १९ कोरोना भाइरस संक्रमणको बिच जन सेवामा तल्लिन गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल सहित बैंक तथा बित्तीय संस्थामा काम गर्ने र अन्य जोखिम रहेका क्षेत्रबाट सेवा प्रवाह गर्ने हरु मध्यबाट ३२ जनाको नमुना स्वाब संकलन गरि परिक्षणको लागि पठाइएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको हो।
इच्छाखबर संवाददाता












