
आफ्नो पोल्टामा परेको निर्जीव फाईल उसको रातो कलमले कति खेर सहि गर्ला भन्ने पर्खाइमा थियो ।
फाईल हातमा खेलाउँदै उसले आफ्नो मन सँग संवाद गर्यो ।
………………. एउटा घर त बनाएँ। करेसाबारी जोड्नु छ ।छोराछोरीको बिहे गरिदिनु छ । भोज पनि गतिलै गर्नु छ । दाईजो राम्रै दिनु छ । गाडी पनि चढ्नु छ । श्रीमतीले दशैमा हिराको हार मागेकी छे । अनि साला, साली, भाइ भतिजो…….. अघिपछि लाग्ने साथीहरू ……………..
सम्झदा सम्झदै उनको मनले प्रश्न गर्छु यो महामारीको बेलामा यी आवश्यकताहरु ?…….. आफ्ना अभिष्ट लक्ष्य र गन्तव्यहरु ?
यस्तो मौका आउला नआउला ,खेर फाल्नु हुन्न् मन सँगको सँवादै सँवादको बिच भान्छाबाट डाडु पन्युँको सँगीतमय कर्कश झँकार सहित आवश्यकताको थप सूची उनको कानमा गुञ्ज्यो ।
केही बेर घोत्लियो उ । काखमा राखेको फाईल खोल्यो । खल्तीबाट रातो कलम निकाल्यो । आस्था र विश्वासलाई पैतालाले कुल्च्यो ।आवश्यकताको सूचीमा र्याल काढ्दै फाईलमा सहि गर्यो ।
मौकाको सदुपयोग गर्यो उसले ।
प्रयास सौरभ श्रेष्ठ ?️
बेनिघाट रोराङ गा. पा वडा नं ५ धादिङ ।