
कुरिनटार ३१ श्रावण ।
चितवनमा माछा मार्ने क्रममा करेन्ट लागेर एक यूवकको ज्यान गएको छ । इच्छाकामना ३ तुर्लुकका २५ बर्षिय रबि गुरूङको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । राप्ती नगरपालिका ९ स्थित ससुराली घरमा रहेका उनको आज साँझ चेत्राङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई करेन्ट लागेर घाइते भए पश्चात चितवन मेडिकल कलेज पुर्याउदाँ डाक्टरले मृत घोषणा गरिएको हो । उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले जनाउन भएको छ। घटना बारे थप अनुसन्धान भइरहेको पनि एसपी गुरूङले जानकारी दिनुभयो ।प्रहरीका अनुसार मृतक गुरुङसंगै पाँचजना माछा मार्न गएका थिए ।