कहिँ कतै चैन थेन हाहाकार थ्यो जन
सबैतिर भोकमरी र अन्योलमा थ्यो मन
सारा समाज हल्लाउदै हरेक घरघर
तिन तहको सरकार आयो मनै हररर।
जिल्ला गाउँ प्रदेश र केन्द्रतिर कति
जतासुकै सरकार को चहलपहल अति
सारा देश हल्लाउदै गणतन्त्र आयो
बिश्व लाई नै चकित पार्दै संविधान पायो।
भोकमरि ले तड्पिएको बहुसंख्यक जन
नयाँ शासन नयाँ नियम खुसी हुदै मन
राहतको सास फेर्न पाइने भइयो भन्दै
कहिले आउला शुख शान्ति भन्दै दिन गन्दै।
नत आयो शुख शान्ति विकास को लहर
कमिसन र घुसखोरीको बढ्दै गयो कहर
गाउँ गाउँ पिच्छे नयाँ निति बाँच्नै सकस भयो
अभाव र महंगीले सबलाई सेक्दै गयो।
शुसासन को कुरै छैन बेथिति ले गाल्यो
हत्या हिँसा अशान्ति त उग्र हुन थाल्यो
बलत्कार त झनझन बढ्दै जान थाल्यो
तस्करी र डकैती त सहज हुन थाल्यो।
समानताको संविधान आयो भन्थे सबै
जात वर्ग भेदभाव अब गयो भन्थे सबै
धनि गरिब भेदभाव जात भात अति
घट्ने होइन बढ्दै गाछ विभेद को गति।
राणाकाल पञ्चायत राजाकाल मा पनि
जनता त मरेकै हुन भोकमरी ले अति
अहिले पनि भोकमरी र गरिबि त उस्तै
नयाँ शासन व्यवस्था नि भएन है चुस्तै।
जनता को बलिदानी त्यसै खेर गयो
नयाँ शासन व्यवस्था नि बेकार लाग्दै गयो
देखिएन नयाँ निति नियम जनहित
कहिले सम्म दुखाउने हो जनता को चित्तरु
जबसम्म फेरिदैन मानिसको सोच
जति नियम फेरिएनि हुन्छ मात्रै बोझ
शासक कहिल्यै नभएपछि जनताको साथ
आखिर सधैं जनताको पुर्पुरो मै हात।

 

यदु  न्यौपाने
ईच्छाकामना गा.पा.– ४, कुरिनटार चितवन