भरतपुर, २३ साउन
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिएपछि चितवनको नारायणगढ क्षेत्रमा उच्च सतर्कताको साथ बजार  सिल गरिएको छ।  बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्ध,वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि नारायणगढको पुुतलि बजार  क्षेत्र सिल गरिएको हो ।                                                                                                                                 चितवन प्रहरीका अनुसार पुतलीबजार क्षेत्र सिल गरिएको पुष्टि भएको  छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा पनि संक्रमण पुष्टि भएको हो । ७९ वर्षकाा बुवाा, ४६ वर्षीय छोरा र ३८ वर्षीया बुहारीमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।                                                                                                                                   संक्रमितहरू भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रका स्थायी बासिन्दा हुन् । संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ।  शुक्रबार साँझ सुरक्षाकर्मी राखेर त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । एकै घरका तीन जनामा संक्रमण देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने क्रममा रहेको बताइएको छ । हाल संक्रमितहरु आफ्नै घरमा छन् । संंभावित ब्यक्ति हरुको पनि स्वाब लिइने तयारी भै रहेको छ ।