आमा आहाँ कति मिठो शव्द छ, आमाको माया भनेको धैर्यता र सहनशिलताको प्रतिमुर्ति हो । जिबनमा आमा शब्द नै अकल्पनिय मायाको भाबना बिचको सागर हो । आमाको मायालाई न नाप तौल गर्न सकिन्छ न त किन्न नै “ नौँ महिना गर्भमा राखी जस्तै सुकै गाह्रो सागुरो एवम् पिरहरुलाई आत्मा साथ गर्दै सन्तान प्राप्ती गर्न गर्भधारण गरी यस सृष्टिमा हुकाउने बढाउन चुनौतीहरु संग मुकविलाप गदै एक पेट नखाई नखाई बालबच्चालाई पालनपोषण गर्न आमाको अहंम भुमिका रहेको हुन्छ । जुन माया संसारमा अर्थिक भए सबै थोक किनेर प्राप्त गर्न सकिन्छ तर आमाको त्यो स्नेह, ममता नाँै महिना पेटमा राखी मायाका साथ हुर्काउन गरिएको साधना, त्याग, तपस्या तत्परता रुपैया पैसा दौलत ले न किन्दा किनिन्छ न बेच्न नै सकिन्छ । संन्सारमा रुपैयाँ पैसाले सबै थोक प्राप्त गर्न सकिएला किन्तु आमा र आमाको माया काख बाहेक ।

आमाको मायाको सन्दर्भमा EXPIRE DATE अर्यात अन्तिम मिति भन्ने हुदैन । औषधी खाद्यान्न जस्तो समय अबधी भित्र प्रयोग नगरेमा फाइदाको साटो हानी हुन्छ । आमाको मायामा फाइदा घाटा कमि बढि संग तुलना गर्न सकिदैन, यस संसारमा आ– आफ्नो राष्ट्र भक्ति अनुसार माया गर्ने तरिका फरक हुन सक्छन् तर आमाको गर्भमा नौ महिना राखी दशधारा दुध खुवाई आफुलाई मुत्यूको सरणमा राखि पैदा गरेका हुन्छन् आमाहरुले । जुन ऋण तिर्न हरेक सन्तानले जिबनमा न त अर्थ रुपैया पैसा ले तिर्न सक्छ न त सुबिधा दिएर र्नै ।

आजको यो स्वार्थी दुनियामा संसार नै पैसामा बिक्रि भएको छ । पैसा भन्दा ठुलो कुरा केहि छैन भन्ने पटमुर्ख ब्यक्तित्वहरु यस समाजका प्रशस्त भेटिन्छ । यो दुनियामा बेविचारि, बेमत्तलबि सन्तान जसले आमा ÷ बाबा को काख, साथ माया, ममता लाई कुनै महत्व राख्दैनन् । यो रिति भनौ याभनौ चलन संसार कै नियम एक आमाबुबाले धेरै सन्तानलाई हुर्काउन बढाउन सक्छन् तर धेरै सन्तानले एक जना वा आमालाई पैचो फेर्न भने सकि राखेका हुदैनन् । हाम्रै आखाँ अगाडी यस्ता प्रशस्थ उदाहरणहरु छन् कि आमाबुवा लाई बुढेशकालमा बृदाआश्रममा लैजाने त्यहि सन्तान जसलाई सानोमा नखाई–नखाई हुर्कायो बुढेसकालको साहरा भनेर पछि त्यहि छोराछोरी ले ढुङगाको मन बनाएर बृदाआश्रम मा लैजादा कुन बुवाआमाको मन रुन्न होला र ।

आमाको भाबनालाई आघात पुराउने काम कुनै सन्तान द्वारा नहोस र कसैले पनि नगरोस । आमालाई रुवाएर बस्नेहरुलाई जिबनमा कहिले मुक्ति पनि नमिलोस यस्ता ब्यक्तित्वहरुको धनले सुबिधाले अबल होलान् तर मन शान्ति चाहि कदापि हुने छैनन् । तसर्थ आमाको मायाले असम्भब कुराहरु पनि पाउन उर्जा मिल्छ आमाको माया भाबनाहरुलाई कदर गरि आत्मसात गरि बाच्न र बचाउन सिकौ ।

लेखक अधिवक्ता बिकाश तुलाचन
हाल इच्छाकामना गा.पा वडा नं ४ कुरिनटार चितवन (रमाइलोडाडाँ