
काठमाडौं : कोरोना महामारीको खराब असर भोगिरहेको भारतले संक्रमणदरमा अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ। दक्षिणी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित भेटिएका छन्।
आइतबार भारतमा अमेरिका र ब्राजिलमा भन्दा पनि धेरै संक्रमित पहिचान भएका हुन्। यसअघि दैनिक संक्रमणदरमा भारतले यी दुई मुलुकलाई पछ्याइरहेको थियो।
भारतमा पछिल्लो एक दिनभित्र ५२ हजार ९७२ जना संक्रमित भेटिएका छन्, ७७१ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन्।