
कुरिनटार, १७ साउन । पहिरोका कारण मुग्लिन– नौविसे र नारायणढ – मुग्लिन सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन –नौविसे सडकखण्डको चितवनको इच्छाकामना ४ कुरिनटार र केबलकारमा अविरल बर्षासंगै गएराती देखि माथीबाट आएको लेदोले सडक दुई तर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले सडक सुचारु गर्नका लागि लेदो हटाउने काम भइरहेको प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।लेदो हटाएको केही क्षणमै थप लेदो आइदिदा केही छिन सुचारु हुँदै फेरि सडक अबरुद्ध हुँदै आइरहेको छ। त्यस्तै कुरिनटार नजिक धारापानीमा पनि माथी बाट सानो सानो पहिरि निरन्तर झरिरहदा सवारी आवागमनमा समस्या परेको छ। गत बिहिबार पनि कुरिनटारको सोही स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
यसैबिच नारायणगढ –मुग्लिन सडक पनि अवरुद्ध भएको छ । गएरताी अन्दाजी ३ बजेतिरको समयमा इच्छाकामना ६ जलबिरेमा रुख सहित खसेको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले उक्त पहिरो हटाउने कार्य शुरु ग्रिएको प्रहरी निरिक्षक तामाङले जानकारी दिनुभयो ।