गण्डकी , १५ साउन । गोरखा समाज जापानले गोरखाको गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण उपचार प्रकृयामा समस्या परेका विरामी लाई आर्थिक सहयोग गरेको छ।
पोषण अभावका कारण जिवन मरणको दोसाधमा रहेकी गण्डकी गाउपालिका वडा नम्बर ७ घ्याल्चोककि सुजना बास्कोटाको उपचारको लागि गोर्खा घ्याल्चोक स्थायी बसोबास भइ अहिले जापान बस्दै आएका हरु मार्फत ८५ हजार ६ सय १८ रुपैयाँ सहित रु एक लाख ५ हजार सहयोग हस्तान्तरण गरिएको जापान बस्दै आउनु भएका अस्विन रेग्मीले बताउनु भएको छ ।
घ्याल्चोक स्थायी घर भएका हरु मार्फत गरिएको सहयोग लिस्ट

त्यस्तै कान्ति अस्पतालमा फोक्सोको उपचार गराइरहेकी गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलकि ११ बर्षिय सुनिता परियारको उपचारका लागि रु एक लाख २० हजार, पहिरोमा परि ज्यान गुमाएकी वडा नम्बर ४ फुजेल कौदिकी लक्ष्मी गुरुङको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरिएको समाजका सचिव विराट बाबु खनालले जानकारी दिनुभयो ।
उक्त रकम गाउँपालिका अध्यक्ष होम बहादुर रानाको उपस्थितिमा हस्तान्तरण गरिएको गोरखा समाज जापानले जनाएको छ ।
जापानमा रहि विभिन्न पेशामा संलग्न व्यक्तिहरुबाट संकलन गरि गोखा समाजले हस्तान्तण गरिएको समाजका अध्यक्ष चुडामणी भट्टराइले जानकारी दिनुभयो ।
नेपालीहरुको हकहितका लागि स्थापना गरिएका साँझा संस्था यस गोरखा समाज जापानले यस्ता समस्यामा परेका विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको अध्यक्ष भट्टराइको भनाइछ ।