मुग्लिन  :  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ। इच्छाकामना ६ स्थित चार किलोमा आज विहान ४ बजे पहिरो खस्दा बाटो पुनः अवरुद्ध बनेको हो । पानी परिरहेकोले पहिरो हटाउने काम रोकिएको छ ।

पहिरो खस्ने अवस्था अझै रहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी निुभयो ।
गएराती पनि पहिरो खसेर केहि समय अवरुद्ध सडक एकतफर्पि संचालनमा ल्याएको थियो ।