
चितवनको इच्छाकामना ५ मुग्लिन बजारमा पहिरोले दुई घर बगाएकोछ । आइतबारदेखि लगातार परेको झरीका कारण आज दिउँसो दुई घर बगाएको वडाध्यक्ष मोदराज सिलवालले जानकारी दिनुभयो । बिष्णु प्रसाद श्रेष्ठ र कुमार श्रेष्ठ को २ तले पक्की घर त्रिसुलीमा खसेको हो ।
पाँच घर अझै उच्च जोखिममा रहेको छ । अध्यक्ष सिलवालका अनुसार दिल कुमार श्रेष्ठ ,रमेश कार्की ,राजु भण्डारी,मान बहादुर बि.क र कुमार बिकको घर अति जोखिमा परेका हुन् ।
ती परिवारलाई त्रिवेणी वराहा मावि मुग्लिनमा वस्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष सिलवालक अनुसार अहिले सम्म मानवीय क्षती भने भएको छैन ।