काठमाडौ :  पछिल्लो २४ घण्टामा नेपालमा शनिबार ५७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । विगत २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कुल संक्रमण मुक्तहुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेका छन् ।