मुग्लिन   : नारायणगढ –मुग्लिन सडकखण्डमा पहिरो रोकथामका लागि पहाडमा हुँदै आएको रक नेङ्गिको काम अहिले रोकिएको छ ।

बर्खा लागेसँगै रोकिएको काम सुरु हुन केही समय लाग्ने मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ।

अधिकांश भागमा रकनेटिङ्गको काम सकिए पनि लगातार पहिरो गएर दुःख दिने गरेको चारकिलोमा भने काम बाँकी रहेको इन्जिनियर शिव खनालले बताए । उनका अनुसार चारकिलोमा रक नेटिङ्गको काम बर्खा लगत्तै सुरु हुनेछ ।

बर्खामा लेदो माटो खसिरहने भएकाले काम गर्न नसकिएको उनले बताए । पहिरो गएमा तत्काल त्यसलाई पन्छाएर यातायात सुचारु गर्नका लागि साधनहरु तयारी अवसस्थामा राखिएको उनले बताए ।

हाल सो खण्ड–मा कुने अवरोध नरहेको पनि उनले जानकारी दिएका छन्।