सिन्धुपाल्चोक :  जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका ४ जना वेपत्ता भएका छन्। स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो। उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन्। अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ। घटनास्थलमा प्रहरी र स्थानीयले खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका ४ जना वेपत्ता भएका छन्। स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो। उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन्। अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ। घटनास्थलमा प्रहरी र स्थानीयले खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए।