हिमाल पारीको जिल्ला मुस्ताङ अन्तर्गत साबिक कुन्जो हाल थासाङ गा.पा.वडा नं. ५ सुन्दर हिमाल निलगिरिको फेदमा रहेको मेरो प्यारो जन्मथलो गाऊँको परिस्थिती तथा बिकाशको खाचोको पखाईमा औलाई कर्मथलो अन्यत्र भए पनि जन्मथलोको नाताले केहि शब्दहरु कोर्न गई रहेको छु, स्विकारी दिनु । पुर्बमा निलगिरि हिमाल पश्चिममा लेले कालापानी बिचमा कालोगण्डकी नागबेनि शान्त रुपमा कल कल बगिरहेको छ । यहि कालिगण्डकी नदि पुग्ने अरु ठाऊँको सन्दर्भ महत्वपुर्ण रहेको छ भने हाम्रो गाऊँ बासीहरुको लागि पुलबार नजोडिदा अभिशाप शिद्ध भएको छ । आज को परिस्थीती सम्म आईपुग्दा बाटोघाटो ,पुल र संचारको माध्यमबाट बन्चित हुनु भनेको मौलिक हक हनन् हुनु जस्तो लाग्छ ।
केहि दिन पहिला आफ्नो जन्मथलो जाने मौका पाएको थिए । तसर्थ छयो, देउराली कन्जो बाग्लुङ टिटि जोड्ने बाटोको निमार्ण दु्तगति स्वरुप अगाडी बढेको देख्दा खुसियालिले गदगद भए तर यसलाई जोड्ने कालिगण्डकी लेले र छयो तथा कोखेढाडी कायापुर वा आज सम्म पनि बिकाश जोड्ने मुल बिकाशको धरोधर निमार्ण भई सम्पन्न नहुदा कता कता त्यहाका राजनितिज्ञ ब्यक्तित्वहरु आँखामा पट्टी बाधेर नतमस्तक भइ बसेका त होइने जस्तो भान हुन्छ । कतै पुल बन्छ बन्छ भनि जाल झेलको भुमरीको बिचमा सारा गाऊँहरुलाई अल्झाएको त होइन जस्तो लाग्छ । यो पनि लाग्छ कि हाम्रा गाउँले बासीहरुको वालिग मताधिकारको सहि तरिकाबाट प्रयोग नभई सिमित स्वार्थबाट उन्मुख भई राजनितिज्ञहरुले फाइदाको खेल बनाइएको त होइन । “बाटो बिनाको पुल, पुल बिनाको बाटो” कुनै औचित्य छैन । जहा पुलको आबश्यकता नितान्त रहेको छ, जसको कारणबाट त्यहाको बिकाश अबसरहरु लुकेको छ,  त्यहाको उर्भर भुमिबाट प्रशस्त कृषिको सम्भाबना बोकेको छ , त्यहाँको प्रशस्त रमणिय भुमि, पर्यटकिय स्थलहरु, बिभिन्न जडिबुटि बनजंनगलहरुको सम्भाबना सम्भाबनामा नै सिमित भई नेता लाइ चुनाबि मैदानका उत्रिदा भाषण तताउने खुराक मात्र बनेको छ । अब दुई बर्ष भित्र पनि पुल बाटोहरु  नबन्ने भएका चकला बाटोहरु पनि भत्कीएर सागुरो हुने पहिरो जाने भई फेरि निमार्ण गर्न बिकाश बजेट पर्खि बस्नु संगसंगै पुलको जोड्नु पर्ने ठाऊँमा बाटोको मात्र बर्षो पिच्छे बजेट खर्च गर्न राज्यको ढुकुटी रित्तिनु बाहेक केहि काम भएको जस्तो लाग्दैन तसर्थ राजनितिज्ञहरुको यस बिषयमा ध्यानआकर्षण गर्न चाहान्छु । पुल बाटो निमार्ण भएर प्रयोगमा आई सके पछि यस्ता संरक्षण, निमार्ण मर्मत भन्ने कुरा बिस्तारै अघि बढि रहन्छ । पुल नै जोड्नु भन्दा बाटो अगाडी बन्नाले त्यहाँका गाऊँले बासीहरुलाई मानसिक तनाब भई बाच्न बाध्य भएका छन् । जुन कुरा अचानोको चोट खुकूरीलाई मात्र थाहा हुन्छ । यस सन्दर्भकमा गाऊँले बासीहरु नितान्त आबश्यकता भित्र पुलले जोड्नु छ तसर्थ कुशल राजनितिज्ञहरु पुलको निमार्ण गरी जनतालाई खुसियालि दिन सकेको खण्डमा भोट माग्न घर घर जानु पर्ने आबश्यकता देख्दीन यो सुनौलो अबसर पनि आएको नेताहले पाएकाछन । पहिला पुलबाटो जोडि निमार्ण सम्पन्न गर्न तिर हिडौँ त्यसमा सारा गाऊँले साथ सम्रर्थनमा आउछन त्यसामा म पनि पछि हटने छुइ्न नेता साथ ासमरर्थन मा ।
निस्कर्षमा भन्नु पर्दा आ आफ्नो ठाऊँमा रहि आ–आफु ले जति सकिन्छ निस्वार्थ भाबनाले गाऊँ बिकासमा अभिप्रेरणीत हौँ राजनितिको थलो नबनाउँ ब्यत्तिगत स्वार्थबाट माथि उठि समाज र दिगो बिकासका लागि अघि बढौँँ तेरो र मेरो भन्ने भावनालाइ हटाउ यस बाट फाइदा भन्दा बेफाइदा हुने छ अब चुप लागेर बस्ने बेला होइन अहिले नगरे कहिले गर्ने, हामिले नगरे कसले गर्छ मुख ताक्ने आदत हटाउ आउनुस हालेमालो गरौ सबै जुटौँ र गरौँ ।
जय थासाङ गाविस मुस्ताङ
लेखक अधिवक्ता बिकाश तुलाचन
हाल इच्छाकामना गा.पा वडा नं
४ कुरिनटार चितवन (रमाइलोडाडाँ)