
धादिङ, १६ असार । वेनीघाट रोराङ गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ विपद राहत उद्धार तथा पुर्नस्थापनाका लागि रु ६ लाख ८६ हजार ५ सय ३२ रुपैयाँ प्रकोप व्यवस्थापन कोष खातामा दाखिला गरिएको छ । गाउँपालिका र कर्मचारीहरुको तर्फबाट मासिक तलब भत्ताबाट रकम कट्टी गरि प्रकोप व्यवस्थापन कोष खातामा दाखिला गरिएको हो ।
गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरिले रु १लाख २ हजार, उपाध्यक्ष देवी प्रसाद सिलवालले ४० हजार १० वटै वडाध्यक्षहरुबाट रु ११ हजार ५ सयका दरले रु १ लाख १५ हजार, पाँच जना कार्यापालिका सदस्यहरुबाट ६ हजारका दरले रु ३० हजार,३४ जना वडा सदस्यहरुको जनही रु ३ हजार ७ सय ५० का दरले रु १ लाख २७ हजार ५०० र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट रु २ लाख ७२ हजार ३२ रपैयाँ कोषमा उपलब्ध भएको गाउँपालिका प्रशासन शाखाले जनाएको छ ।