
कु्रिनटार, ११ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । नेकपा समर्थित सभा सदस्यले बहिस्कार गरेकोले गणकपुरक संख्या नपुगेपछि गाउँसभा स्थगित भएको हो ।
हिजो साँझ ६ बजे ढिला गरि सुरु भएको बैठकमा १५ जना मात्र गाउँसभामा सदस्यहरु उपस्थित भएका थिए । गणकपुरक संख्याको आधारमा ५०प्रतिशत यानिकि १८ जना उपस्थित हुनुपर्ने थियो । गाउँपालिकामा गाउँसभा सदस्यहरुको संख्या ३५ जना रहेका छन् । गणपुरक संख्या नपुगेपछि गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीता कुमारी गुरुङले गाउँसभा स्थगित भएको घोषणा गर्नुभयो । उहाँले बिहिबार विहान ११ बजे सम्मका लागि गाउँसभा स्थगित गर्नुभएको हो । गाउँपालिकाका विभिन्न ४ वडाका वडाध्यक्ष सहित बहुमत सदस्यहरु उपस्थित नभएका हुन्।
तत्कालीन एमाले बाट विजयी वडानम्बर १ का वडाध्यक्ष नन्दुलाल गिरिले आफुहरुको विभिन्न मागहरु पूर्णरुपमा सम्बोधन नभएकाले आजको गाउँसभामा उपस्थित नभएको बताउनुभयो । गाउँपालिका अध्यक्षले आफुहरुको केही माग सम्बोधन गर्ने प्रतिवद्धता भने जनाएको भन्दै असन्तुष्ट गाउँसभाका सदस्यहरुको बिहिबार बिहान बैठक बसी गाउँसभामा भाग लिने वा नलिने बारे निर्णय गरिने बताउनुभयो ।
असन्तुष्ट सदस्यहरुले वडाले विनियोजन गरेको पचास लाख रुपैयाँ आन्तरिक श्रोतमा पार्न नपाइने, गाउँपालिकाबाट विनियोजन हुने रकम, वडाबाट वडा समितिले छानेर ल्याएको योजनाभित्रै पर्नुपर्ने, वडामा गाउँपालिकाबाट कार्यक्रहरु हुदाँ वडाध्यक्षको उपस्थितिमा हुनुपर्ने , गा.पा.को चौमासिक आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने , भइपरी आउने खर्च र आपतकालिन कोषका रकम बाहेक सबै रकम गाउँसभा अगावै विनियोजन हुनुपर्ने लगायतका मागहरु राखेका छन् ।
गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले वडा अध्यक्ष माताहतमा हुन पर्नी काम समेत आफ्नै नेतृत्वमा गर्ने साथै वडाको काम हुदा समेत प्रत्यक्ष जन निर्वाचित वडा अध्यक्ष बिनानै कार्यक्रम गरि बिकास निर्माण लगायत अन्य कामहरुमा सबै आफ्नोमात्र देन भएको देखाउन प्रचार गर्न थाले पछि नेकपाका जनप्रतिनिधि रुष्ट भएका नेकपाका एक स्थानीय नेताले इच्छाखबर लाई बताएका छन। गाउँकार्यपालिकामा नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिको बहुमत रहेको भएता पनि गाउँसभामा बहुमत नपुग्ने भए पछि नेकपा समर्थित जनप्रतिनिधि हरुले हिजोको लागि तय भएको गाउँसभा नियोजित रुपमै बहिस्कार गरि असफल पार्दिएका हुन।
गाउँसभा नेकपा समर्थित सभा सदस्य हरुको कारण अबरुद्ध भए पछि सामाजिक संजालमा त्यसको टिकाटिप्पणि समेत सुरु भएको छ।सामाजिक संजाल फेसबुकमा नेकपा इच्छाकामनाका नेता प्रताप गुरुङले गाउँपालिका बाट सभा सरेको जानकारी दिन जारी भएको सुचना सेयर गर्दै लेख्नुभएको छ। “अधिनायकबादी कार्यशैलीको बिरोध गरौं सम्पन्न ईच्छाकामना निर्माणमा जुटौं ” त्यस्तै नेपाली कांग्रेस इच्छाकामनाका युवा नेता रामबहादुर लामाले लामो स्टाटस लेख्दै फेसबुकमा नेकपाको सभा अबरुद्ध गर्ने सैलीको बिरोध गर्नु भएको छ। उहाँले लेख्नु भएको छ। बजेट बहिष्कार, आफ्नै जनताको भोको पेटमा लात प्रहार। दुनियामा कुनै दलले बजेट सत्र बहिष्कार गर्देन। बहिष्कार गर्नेले सभाको सभासद् हुँ भनेर डुक्रुनु पनि हुदैन। आफ्ना फरक मतलाई सभाको बैधानिक सत्रमा प्रबेश गराएर छलफल गर्न सकिन्छ, सच्च्याउन सकिन्छ। फरक प्रस्ताब लान सकिन्छ। तर मैदाननै छोडेर म त खेलनै खेल्दिन भनेर भाग्नेलाई खेलाडी भनिदैन। अनाडी भनिन्छ। कुनै बिचौलियाले लेखेको कागजको चिर्केटो तेर्साएर बजेट बहिष्कार गर्नेले न बिधि न पद्धति न सभा संचालनको बैधानिक थितिलाईनै बुझेको देखिन्छ। कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तो कुनै प्रतिपक्षको परिकल्पना नगरिएको स्थानीय तहमा संसदिय दलको नेता, सचेतकको पगरी गुथाएर जनताको भोको पेटमा लात मार्ने काम गराएको छ। यो किमार्थ उचित होईन। बैधानिक बाटो बिराएर बार्गेनिङकै शैलीमा हलो अटकाउने दु:साहस गरेको हो भने राजनीतिक हिसाबमा त्यसको प्रत्युत्तर दिन कांग्रेस ईच्छाकामनामा आखा चिम्लेर बस्दैन। आफ्ना फरक एजेण्डा र बिषयलाई बैधानिक बाटोबाटै निरुपण गर्ने हाम्रो क्षमतालेनै हामीलाई परिपक्क बनाउछ। उत्ताउलो नबनौ। लोक हसाइको बिषय नबनाआौ।
गाउँ सभा आज ११ बजे बस्ने भनिएपनि आज पनि नेकपा समर्थित सभा सदस्य हरु सभामा सहभागी हुन्छन कि हुदैनन भन्ने निर्क्योल भै सकेको छैन । हिजोको सभामा सहभागी गराउने पत्रकार समेत पुर्व तय गरि केही लाई मात्र समेटेर अधिकांस स्थानिय पत्रकारलाइ गाउँपालिकाले सभाहल बाट बिस्थापित गरेको थियो।