धादिङ :  धादिङको वेनीघाट रोराङ गाउँपालिकाको सातौं गाउँ सभा रीचोकटार स्थित वडा नम्बर ३ को सभाहलमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी ९हरि० ले नीति तथा कार्यक्रम र उप प्रमुख देवी प्रसाद सिलवालले ०७७७८ का लागि आय व्याय विवरण प्रस्तुत गरेका थिए ।

” कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार,” बेनीघाट रोराङ गाउँपालिका समृद्धिको मूल आधार”भन्ने सोच स्थापित गरि सोचलाई साकार बनाउन नीति तथा कार्यक्रमले सम्बोधन गरेको गाउँपालिका प्रमुख डल्लाकोटीले बताए ।

नीति तथा कार्यक्रम जस्ताको तस्तैः

वेनीघाट रोराङ गाउँपालिकाका गाउँसभा सदस्य ज्यूहरु,

यस गाउँपालिकाको अध्यक्षको हैसियतले सर्वप्रथम गरिमामय सातौं गाउँसभामा उपस्थित सबैमा हार्दिक स्वागत अभिवादन गर्दछु ।

स्थानीय सरकारको स्थापना संगै हामी जनप्रतिनिधीले नेतृत्व गर्ने अवसर पाए पछि यस गाउँपालिकालाई ” कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार,” बेनीघाट रोराङ गाउँपालिका समृद्धिको मूल आधार” भन्ने सोच स्थापित गरि सोचलाई साकार बनाउन नीति तथा कार्यक्रम यस गरिमामय सातौं सभामा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु ।

लोकतन्त्र, स्वतन्त्रता र स्वयत्तताको संघर्षमा सहादत प्राप्त गर्ने सहिदहरु प्रति प्रथमतः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । विश्वभर फैलिएको कोभिड – १९ को महामारीबाट सीर्जित विषम परिस्थितिका कारण देशभर नै विकासका कार्यक्रमहरु अवरुद्ध भई रहेको सन्दर्भमा यस गाउँपालिकामा पनि विकास निर्माणका कार्यक्रमहरुमा बाधा र असहजताहरु उत्पन्न भए ।

उत्पन्न असहज परस्थितिमा यस गाउँपालिकाबासीको जनस्वास्थ्य र जीवन रक्षाको लागि अग्रपंक्तिमा खटिरहनु हुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिने सबैमा उच्च सम्मान व्यक्त गर्दछु ।

शीरमा महाभारत र पाउमा त्रिशुली नदि भित्र लेक, वेशी, डाँडा काँडा समेटिएर वनेको सवै जातजाती, भाषा भाषी, धर्म संस्कृतिको साझा फुलवारी वेनीघाट रोराङ गाउँपालिकाका सम्पूर्ण गाउँवासीहरुको मुहारमा खुशी ल्याउन राजनैतिक, सामाजिक र आर्थिक रुपमा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट गाउँको विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने दायित्व वेनीघाट रोराङ गाउपालिकाका हामी जनप्रतिनिधिहरुको काँधमा आएको छ ।

हामी वीच रहेका प्रचुर साधन स्रोतको अधिकतम उपयोग गर्दै समग्र गाउँवासी तथा कर्मचारी प्रशासन र अन्य शुभचिन्तक, विकास साझेदारहरु समेतको साथ, सहयोग र सहकार्यका साथ हामीहरुमा प्राप्त यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । हाम्रो कार्यकाल भित्रै देशकै नमूना गाउँपालिकाको रुपमा वेनीघाट रोराङ गाउँपालिकालाई सु-परिचित गराउने गरी विकासको गतिलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

गाउँसभा सदस्यज्यूहरु ,
प्रस्तुत नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ को भाग ४ को धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको दायित्व, निर्देशक सिद्धान्त र नीतिलाई स्वीकार गर्दै संविधानको अनुसूची ८ र ९ ले दिएको स्थानीय तहको अधिकार क्षेत्रमा रही निर्माण गरिएको छ ।

पूर्वाधार निर्माण र सेवा क्षेत्रका सुधारलाई मुख्य प्राथमिकतामा राखि नीति तथा कार्यक्रम निर्माण गरेको छु । हामी वीचमा रहेका सिमित श्रोत र साधनहरुको न्यायोचित प्रयोग गर्दै हाम्रा असीमित आवश्यकता र चाहनाहरुलाई योजनावद्धढंगले क्रमिक रुपमा पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै अब म वेनीघाट रोराङ गाउपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा गाउपालिकाले अवलम्वन गर्ने क्षेत्रगत नीति तथा आधारहरु पेश गर्न चाहन्छु ।

क. सामाजिक क्षेत्रतर्फ
स्वास्थ्य

१. कोभिड-१९(कोरोना भाईरस), दादुरा रुवेला जस्ता संक्रमण तथा अन्य रोगको रोकथाम, नियन्त्रण र उपचारको कार्यलाई प्रभावकारी र विश्वसनीय बनाउन प्रविधि, उपकरण भौतिक पूर्वाधार, औषधीको व्यवस्था र दक्ष जनशक्तिको व्यवस्थापन कार्यलाई प्राथमिकता दिई कार्यक्रम संचालन गरिनेछ ।
२. कोभिड-१९(कोरोना भाईरस) को रोकथाम र नियन्त्रण गर्न यस गाउँपालिका भित्र उपयुक्त स्थानको पहिचान गरि क्वारेन्टीन स्थलहरुको निर्माण, क्वारेन्टीनमा रहेका व्यक्तिहरुको पिसिआर परिक्षण तथा व्यवस्थापन कार्यलाई प्राथमिकता दिदै सवै वडाहरु खोपकेन्द्रको निर्माण गर्दैजाने नीति अनुरुप कार्यक्रम संचालन गरिनेछ ।
३. सवै वडामा मातृ तथा वालमृत्यूदर घटाउन ग्रामिण अल्ट्रा साउण्ड कार्यक्रमलाई निरन्तरता दिंदै दक्ष कर्मचारी थप गरी स्वास्थ्य संस्थामा प्रसुती सेवा सहितको वर्थिङ सेन्टर स्थापना गरिनेछ र सवै स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुको क्षमता विकास गरी स्त्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
४. पालिकावाट निःशुल्क प्रदान गरिने औषधीहरु सबै गाउँबासीहरुका लागि सरल र सहज पुहँचमा पु¥याइनेछ । पालिका भित्रका कुपोषित चेपाङ वालवालिकाहरुको पहिचान गरि स्वास्थ्य सुधारका लागि पहल गरिनेछ ।
५. गाउँपालिकालाई गुट्खाजन्य पदार्थ निषेधित क्षेत्र कायम राखिनेछ भने मदिराजन्य पदार्थको विक्रि वितरणलाई व्यवस्थित वनाउनुका साथै घरेलु तथा पलाष्टिकका वोतलमा शिलवन्दि भएका मदिराको उत्पादन तथा विक्रि वितरण पूर्ण निषेधलाई निरन्तरता दिईनेछ ।स्वास्थ्य वीमा कार्यक्रमलाई प्राथमिकताका साथ संचालनमा निरन्तरता दिईनेछ ।
शिक्षा
६. गाउंपालिका भित्रका विद्यालयहरुको नक्शाङ्कन, शिक्षक विद्यार्थी अनुपात, शैक्षिक गुणस्तर समेतको अध्ययन गरी विद्यालय समायोजन एवं एकिकरण, कक्षा घटुवा तथा शिक्षक दरवन्दी मिलान गरिनेछ ।
७. गाउँपालिका क्षेत्रका विद्यालयहरुमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धि र विद्यालयको भौतिक तथा शैक्षिक विकासद्धारा गुणस्तरीय शिक्षाका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
८. सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार बनाउन पुरस्कार र दण्डको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । साथै विद्यार्थीको शैक्षिक उपलब्धीका आधारमा उत्कृष्ट शिक्षक, विद्यार्थी र उत्कृष्ट विद्यालयललाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
९. कोभिड-१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बाल बालिकालाई विद्यालयमा नियमित पठन पाठन नभएसम्म आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पपक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइमा सहजीकरण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयवाट जारी निर्देशिका २०७७ र यस गाउँपालिकाको कार्यविधि वमोजिम कार्यक्रम संचालन गरिनेछ ।
१०. संस्थागत विद्यालयहरुको नियमित अनुगमन, निरीक्षण र नियमन लाई निरन्तरता दिई शैक्षिक मापदण्ड अनुसार सञ्चालन गरिनेछ ।
११. संविधानले शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिसकेकाले सबै बासिन्दालाई शिक्षाको पहुँच अभिवृद्धि गर्नाका लागि अति विपन्न वालवालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक आदिको व्यवस्थापनमा सहयोग गरिनेछ । विद्यालय जाने उमेर समुहका विद्यालय वाहिर रहेका सवै वालवलिकाहरुलाई यसै शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०७८ सँगै (विद्यालय उमेरका वालवालिका विद्यालय वाहिर नरहेको सन्देश दिने गरी) विद्यालय भर्ना गरी आधारभूत शिक्षामा सवैको पहुँच सुनिश्चत गर्ने गरी काम सुरुआत गरिनेछ ।

१२. स्थानीय तहको अधिकार क्षेत्रभित्र आएको माध्यमिक तह सम्मको शैक्षिक संस्थाको अनुमति तथा नियमन कार्यलाई व्यवस्थित बनाई समयसापेक्ष प्रतिस्पर्धी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण श्रृजना गरिनेछ । साथै स्थानीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि कक्षा १ र २ मा लागु गरी क्रमश कक्षा ८ सम्म पु¥याईनेछ ।

१३. सामुदायिक विद्यालयका विषयमा खुल्ला सार्वजनिक सुनुवाई गरि समाज र पेशाप्रति उत्तरदायि बनाइनेछ ।

  • निजी विद्यालयहरुलाई शैक्षिक मापदण्ढ अनुसार सञ्चालन भए नभएको विषयमा अनुगमन गरी मूल्याङ्कन गरिनेछ ।

खानेपानी तथा सरसफाई
१४. वांच्नका लागि स्वच्छ खानेपानी भन्ने मर्मलाई उच्च प्राथमिकता दिई विभिन्न वडाभित्र रहेका खानेपानी मुहानहरु पहिचान, संरक्षण र संवर्द्धन गरी सबै घरमा एक घर – एक धारा पु¥याउने नीति अवलवम्वन गरि पूर्ण सरसफाई युक्त पालिका घोषणा गर्न पहल गरिनेछ ।
१५. खानेपानी वितरणलाई सहज र प्रभावकारी वनाउन मुहानको एकात्मक अधिकार अन्त्य गर्दै सामूहिक अधिकार स्थापित गरिनेछ ।
१६. खानेपानीका मुहानको संरक्षणका लागि मुहान आसपासमा उपयुक्त मापदण्ड बनाई संरक्षण कार्यलाई सुदृढ गरी, खानेपानी समितिहरुलाई वातावरण तथा सरसफाई प्रति उत्तरदायी बनाउने नीति अबलम्बन गरिनेछ ।

संस्कृति प्रवर्धन
१७. सामूदायिक अध्ययन केन्द्र र पुस्तकालयहरुलाई सुव्यवस्थित गर्दै पठन संस्कृतिको विकास गरिनेछ । गाउँक्षेत्र भित्रका सवै जातजाति, धर्म, सम्प्रदाय, भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यलाई प्राथमिकता दिंदै विभिन्न जात्रा, महोत्सव र पर्वहरुमा जातजाति विशेष सांस्कृतिक प्रबर्द्धनका लागि आवश्यक सहयोग गरिनेछ ।
१८. कला, साहित्य र संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धन गर्न आवश्यक तालिम, प्रतियोगिता, शोध तथा कार्यशाला जस्ता कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।
१९. सिमान्तकृत चेपाङ समुदायको मौलिक कला सस्कृति संरक्षणका लागि चेपाङ सांस्कृतिक संग्रहालय स्थापना गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
२०. गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, पाटी, पौवा, सत्तल, कुवा, पधेरो, ढुङ्गेधारा, अन्तिम दाह संस्कार गर्ने घाट जस्ता सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणको कार्यलाई जोड दिइनेछ ।

यूवा, खेलकुद तथा मनोरञ्जन
२१. “स्वास्थयका लागि खेलकुद, खेलकुदका लागि स्वास्थ्य” भन्ने मुल सन्देशलाई साकार गर्न युवाहरुलाई लक्षित गरी वडा स्तरमा भैरहेका युवा तथा खेलकूद विकास समितिलाई थप सक्रिय बनाउदै गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गरि कार्यान्वयन गर्न पहल गरिनेछ । विद्यार्थीहरुमा स्वस्थ्य प्रतिस्पर्धी खेलकुदका साथै उनीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२२. स्वस्थ, अनुशासन र राष्ट्रिय गरिमाका लागि खेलकुद र खेलाडीको प्रवर्द्धन गर्न कम्तिमा एक वडा एक खेलकुद मैदान निर्माण गर्ने नीति अवलम्बन गरिनेछ भने सामुदायिक विद्यालयका खेलकुद मैदानको स्तरोन्नति गर्ने नीति लिइनेछ ।साथै वडा नं. ५ मा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्यलाई तदारुकताका साथ अघि वढाईने छ ।
२३. विद्यालय तहमा राष्ट्रपति रनिङशील्ड, क्रिकेट कप, मजदुर सहीद स्मृति खेलकुद कप, मदन भण्डारी फुटवल कप प्रतियोगिता लगायतका विविध विधामा पालिका स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरी खेलाडीको पहिचान र क्षमता विकासको अवसर प्रदान गरिनेछ भने गाउँपालिकाको केन्द्रमा एक कवर्डहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
२४. गाउँपालिका भित्र लैङ्गिक विभेद अन्त्य गरी महिला र पुरुषलाई हरेक कार्यक्रममा सहभागी गराउनुका साथै दलित, अल्पसंख्यक, पिछडिएका वर्ग र समुदायहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ ।
२५. बालश्रम न्यूनिकरण, बाल शोषण अन्त्य, घरेलु बालश्रमिक तथा जोखिममा परेका बालबालिकाहरुको पुनर्स्थापना गरी यस गाउँपालिका क्षेत्रलाई बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यक्रम तर्जुमा गरिनेछ ।
२६. महिला वर्गको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा पहुँच पु¥याउन उनीहरुको सहभागितालाई सुनिश्चत गर्ने नीति अबलम्बन गर्दै महिला सशक्तिकरणमा जोड दिई उनीहरुलाई प्रतिस्पर्धी बनाइनेछ ।
२७. जेष्ठ नागरिकको ज्ञान, सीप, अनुभव र विज्ञतालाई ग्रामीण विकास कार्यमा पूँजीकृत गर्दै उनीहरुको सम्मानित मर्यादापूर्वक जीवन व्यथित गर्ने वातावरण मिलाउन गाउँपालिका स्तरीय जेष्ठ नागरिक समाजको क्षमता अभिवृद्धि गरिनेछ ।
२८. सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी र पारदर्शी ढङ्गले सञ्चालन तथा अनुगमन गर्ने व्यवस्था मिलाइने छ ।

  • लैङ्गिक समानता र सामाजिक समावेशीकरणको नीतिलाई मूलप्रवाहीकरणमा ल्याइनेछ ।

२९. महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका गाउँवासी, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

(ख) आर्थिक क्षेत्र
कृषि तथा पशुपालन
३०. कोभिड -१९ को प्रकोपका कारण यस क्षेत्रमा पर्न गरको आर्थिक क्षतिको अध्ययन गरि प्राप्त विश्लेषणको आधारमा कृषकहरुलाई राहत तथा अनुदानका कार्यक्रमहरु प्राथमिकताका साथ संचालनमा ल्याईनेछ ।
३१. कोभिड -१९ को प्रकोपका कारण वैदेशिक राजगारी गुमाई गाउँ फर्किएका व्यक्तिहरुको सीप र दक्षता पहिचान गरी त्यस्ता युवाहरुका लागि उपयुक्त व्यवसायिक कृषि तथा पशुपंक्षीपालन उद्यम कार्यक्रम संचालनमा जोड दिईनेछ ।
३२. हामीले अवलम्वन गर्दैआइरहेको निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी कृषिलाई उत्पादनको श्रोतको रुपमा विकास गर्न विशेष कृषि कार्यक्रम सञ्चालन गरिनेछ । जसका लागि कृषि उत्पादनलाई आधुनिकरण गरी उन्नत जातको वीऊ, विजन, कृषि सामाग्री तथा अत्याधुनिक कृषि औजारतर्फ विशेष सहुलियत दिई कृषकलाई आकर्षण गरी उत्पादनलाई बृद्धि गर्ने नीति अबलम्बन गरिनेछ ।
३३. विषादी रहित प्रङ्गारिक खेती तथा व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बालीबीमा कार्यक्रम सञ्चालन गरिनेछ भने सहकारी खेती तथा सामुहिक खेतीलाई प्रवद्र्धन गर्न अनुदानको व्यवस्था मिलाईनेछ ।
३४. गाउँबासीहरुमा ब्यापक स्वरोजगारीको सृजना गर्न एक गाउँ एक उत्पादनको नीति सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।कृषकहरुलाई आधुनिक नगदेबाली तथा फूलखेती तर्फ प्रोत्सान गर्न स्थानीय स्तरमै कृषि उपज बजार केन्द्रको स्थापनामा जोड दिइनेछ ।
३५. कृषि तथा पशुपंक्षी शाखाको क्षमता अभिवृद्धि गरी कृषि प्राविधिक (जेटिए) लाई किसानको पहुँचसम्म पु¥याइनेछ साथै किसानले उत्पादन गरेका उत्पादित वस्तुहरु सिधै बजारसम्म पु¥याउने तर्फ योजना बनाइ लागू गरिनेछ ।
३६. आधुनिक उन्नत पशुहरुको उत्पादनमा जोड दिदै किसानहरुलाई दुग्ध र मासुजन्य उत्पादनमा प्रोत्साहन गरिनेछ ।

  • प्रत्येक वडामा पशु स्वास्थ्य चिकित्सक किसानको पहुँचसम्म पु¥याइ पशुधनको क्षति न्यूनिकरणका लागि रोग नियन्त्रण गर्न खोप कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

उद्योग तथा वाणिज्य
३७. एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको नीति अनुरुप गाउँपालिकाभित्र त्यस्ता स्थान पहिचान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी औद्योगिक ग्राम स्थापना गर्ने कार्य अगाडी बढाइनेछ ।
३८. गाउँपालिकामा उद्योग व्यवसायको प्रबर्द्धन गर्न उद्यममैत्री कार्यक्रम सञ्चालन गरिनेछ साथै ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक वातावरण मिलाउनुका साथै साना तथा घरेलु उद्योगिहरुलाई आकर्षण गर्न कार्यक्रमको व्यवस्था गरिनेछ ।
३९. गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी रोजगारी तथा स्वरोजगारीका अवसरहरु सृजना गरिनेछ ।
४०. सार्वजनिक निजी साझेदारी नीतिको अबलम्बन गर्दै औद्योगिक क्षेत्रमा लगानीमैत्री नीति लिईनेछ । निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने दीर्घकालीन जडीवुटी, पर्यटन, तथा खानी जन्य उद्योगहरुको अध्ययनको शुरुवात गरिनेछ । तर पर्यावरण तथा वातावरण प्रदुषण गर्ने उद्योगलाई निरुत्साहीत गर्ने नीति अबलम्बन गरिनेछ ।

पर्यटन
४१. पर्यटनलाई विकासको महत्वपूर्ण आधारशीलाको रुपमा लिई त्रिशुली नदी राफ्टीङ, नोहक गुफा, मजदूर स्मृति सहिद पार्क, कृषक तालिम केन्द्र, कार्वाङ चुली, जवाङ सुन्तला वगैचा, सोलिघोप्टे सोलाभाजा, मनकामना मन्दीर , कोटगढी, सुन्दरनागी, व्रुम्दी लगायतका क्षेत्रलाई पर्यटन गन्तब्य स्थलको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
४२. महाभारत श्रृखलामा ट्रेकिङ रुटको विकास तथा विभिन्न वस्तिमा होमस्टे संचालनका लागि आवश्यक पहल गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याइनेछ ।
सहकारी
४३. गाउँपालिका भित्र रहेका सहकारी तथा वित्तिय क्षेत्रहरुसँग सहकार्य गरी उत्पादनमूलक कार्यक्रममा लगानी मैत्री वातावरण सिर्जना गरिनेछ । सहकारीहरुको क्षमता विकास लगायतका कार्यक्रमहरु संचालन गरिनेछ ।
४४. गाउँपालिका भित्र रहेका सहकारीले वार्षिक रुपमा कम्तिमा एक सहकारी एक सामाजिक कार्यक्रम गर्नुपर्ने नीति अवलम्बन गरिने छ ।
४५. सहकारीसँग भएको पूँजीलाई उद्यम विकास तथा रोजगारीको क्षेत्रमा लगानीका लागि गाउँपालिकाबाट पहिचान भएका उद्यमीहरुलाई उनीहरुको आवश्यकता र क्षमता हेरी सामुहिक जमानीमा विना धितो ऋण उपलब्ध गराउन सक्ने नीति अवलम्बन गरिने छ ।
४६. गाउँपालिका भित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ , भने सञ्चालन भएका सबै विषयगत सहकारी संघ संस्थाहरुसँग समन्वय गरी लक्षित वर्गका लागि सीप विकास तथा उद्यमशीलता विकास सम्बन्धी तालिमहरु संचालन गरी गरिवी र बेरोजगारी हटाउने कार्यको आरम्भ गरिनेछ ।

वित्तीय
४७. गाउँपालिका क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नुपूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्ने नीति कार्यान्वयन गरिनेछ ।
४८. कुनै एक स्थान विशेषमा मात्र केन्द्रीत बैंक तथा वित्तीय संस्थालाई गाउँपालिकाका अन्य क्षेत्रमा पनि विस्तार गर्न सहयोग र प्रोत्साहन गर्ने नीति लिइनेछ ।
४९. गाउँपालिका भित्र रहेका वित्तिय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ बाह्य
५०. अन्तराष्ट्रिय गैरसरकारी संस्था, नियोग तथा स्वदेशी लगानीकर्ताले गाउँ क्षेत्रमा विशेष लगानी तथा विकास आयोजना सञ्चालन गर्न चाहेमा त्यस्ता सस्थालाई स्वागत गर्दै लगानीमैत्री वातावरण सृजना गरिनेछ ।

ग) पूर्वाधार क्षेत्र
स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल
५१. व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै सडक निर्माण तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिईनेछ ।
५२. गाउँपालिकाको केन्द्रवाट हरेक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने व्यवस्थित सडक निर्माणलाई प्राथमिकता दिई एक गाउँ एक नमुना सडक निर्माण नीतिलाई निरन्तरता दिईनेछ ।
५३. देशकै विकास मेरुदण्डको रुपमा रहेको पृथ्वी लोकमार्गलाई सुरक्षित तथा सुन्दर वनाउन राजमार्गको केन्द्रवाट १५÷१५ मि. दायाँ÷वायाँका सम्पूर्ण संरचनाहरु हटाई फुटपाथ सहितको राजमार्ग निर्माणको अभियानलाई निरन्तरता दिइनेछ ।
५४. सडकको सौन्दर्यलाई वढाई हरित मार्गको अवधारणा स्थापित गर्न सवै बजारबासी र टोलसुधार समितिसँग सहकार्य गरी एक घर एक रुख अभियान सञ्चालन तथा फोहरमैला विसर्जन केन्द्रको स्थापना र विकास गदै गाउँपालिकाको समग्र सौन्दर्य अभिवृद्धि गरिनेछ ।
५५. गाउँपालिकाको बजार तथा ग्रामिण क्षेत्रको सार्वजनिक जग्गाको खोजी तथा अतिक्रमण न्यूनीकरणका लागि नापी, मालपोत लगायतका निकाय र गाउबासी सरोकारवालाहरुसँग सहकार्यको माध्यमबाट अतिक्रमित र सार्वजनिक जग्गा छुट्याइनेछ र ग्रामिण सडकहरुको स्तर निर्धारण तथा मापदण्ड तयार गरि सवै सडक र गल्लीको लगतकट्टा गर्न पहल गरिनेछ ।

सिंचाई
५६. गाउँपालिकाका कृषि योग्य भूमीमा सिञ्चाइको लागि श्रोतको खोजी गदै नहर, कूलोवाट सिञ्चाई हुन नसक्ने स्थानमा समेत लिफ्ट सिञ्चाइ, डिप वोरिङ, प्लाष्टिक पोखरी जस्ता कार्यक्रमलाई प्राथमिकता दिई क्रमिक रुपमा सिञ्चाई सुविधा पुर्याइने कार्यलाई निरन्तरता दिईनेछ ।
५७. सम्भावित नयाँ सिंचाई आयोजनाहरु निर्माण गरी थप जग्गामा सिंचाई सुविधा पु¥याई कृषि उत्पादनमा बृद्धि गर्दै जाने नीति अबलम्बन गरिनेछ । संचालित सिंचाई आयोजनाहरुको मर्मत तथा स्तरोन्तति गरी बाह्रै महिना सिंचाई सुविधा पु¥याउने नीति लिइनेछ ।

भवन तथा शहरी विकास
५८. राजमार्गको नजिक रहेका मझिमटार, फचिमटार, धुषाटार, विशालटार, वाहुनटार तथा रिचोकटार जस्ता टारहरुमा नमुना वस्ति निर्माणको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिइनेछ ।
५९. गाउँपालिका क्षेत्रमा नयाँ घर निर्माण गर्दा नक्सापास सहित भवन निर्माण संहिता मापदण्ड २०७२ लाई पूर्ण रुपमा पालना गर्न अभिप्रेरित गरिनेछ । गाउँपालिका घोषणा हुनु अघि बनेका घरहरुलाई समेत गाउँपालिकाले निर्धारण गरेको मापदण्डमा नक्सापास र नियमित गर्ने अभियानलाई निश्चित समयसीमा तोकी कडाइ गरिनेछ । साथै अब उप्रान्त गाउपालिकाभित्र बन्ने घरमा कम्तीमा १ रुख र १ सेफ्टी ट्यांकी अनिवार्य गरिने नीतिलाई निरन्तरता दिईनेछ ।

उर्जा, लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत)
६०. विद्युत पहुंच नपुगेका टोल वस्तीमा चालु आर्थिक वर्ष भित्र केन्द्रीय प्रशारणको विद्युत सुविधा पु¥याउन आवश्यक व्यवस्था गरी सौर्य उर्जा उत्पादनलाई प्रोत्साहन गरी उज्यालो गाउँपालिका अभियान सञ्चालन गरिनेछ ।
६१. गाउँपालिकाको राजमार्ग क्षेत्र र सार्वजनिक चोक तथा धार्मिक स्थलहरुमा क्रमिक रुपमा सौर्य वत्ति जडान गर्न पहल गरिनेछ र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगको समन्वयमा धुँवारहीत चुलो निर्माणलाई प्रोत्साहन गरिनेछ ।

संचार
६२. नेपाल टेलिकमसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सबै स्थानमा गुणस्तरीय मोबाइल फोन तथा इन्टरनेट सेवाको सुनिश्चिता प्रदान गरिनेछ ।
६३. कार्यपालिकाको कार्यालयका साथै सवै वडा कार्यालयमा इन्टरनेट सेवाको विस्तार गरी दैनिक प्रशासनिक कार्यलाई प्रविधि मैत्री वनाइनेछ ।

घ. वातावरण तथा विपद व्यवस्थापन क्षेत्र

वन तथा भू – संरक्षण
६४. गाउँ क्षेत्रका सामुदायिक, कबुलियती तथा सरकारी वनको संरक्षण गर्दै वृक्षारोपण कार्य अगाडि बढाइनेछ भने आवश्यकता अनुसार जडिबुटी विकास कार्यक्रम तथा भूसंरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
६५. सामुदायिक वन व्यवस्थापन नीतिलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु कार्यान्वयन गरी सामुदायिक वन उपभोक्ता समूहहरुको क्षमता विकासका कार्यक्रमहरु ल्याइनेछ ।
६६. सार्वजनिक जग्गा ऐलानि प्रति, बाटो चौतारो, चोक, एवं परम्मपरागत खुल्ला क्षेत्र र सरकारी जमिनलाई सिमाङ्कन गरी संरक्षण गरिनेछ ।
६७. पहिरो गएको स्थान तथा पहिरोको जोखिम रहेको स्थानमा आवश्यक पूर्वाधार निर्माण गरी क्षति न्यूनीकरण गर्ने उपाय अबलम्बन गरिनेछ ।

६८. वृक्षरोपण र तारवार गरी गाउँपालिका क्षेत्रभित्रका जलाधार संरक्षण गर्ने तथा पानी भकारी (प्लाष्टिक पोखरी) निर्माणका लागि आवश्यक योजना संचालन गरिनेछ ।

वातावरण संरक्षण र जलवायु परिवर्तन
६९) स्वस्थ नागरिक सम्वृद्ध गाउँपालिकाको आधार भन्ने मान्यताका साथ स्वास्थ तथा सरसफाई क्षेत्रको विकासमा विभिन्न निकायलाई परिचालित गरि पूर्ण सरसफाई युक्त गाउँपालिका निर्माणको कार्यक्रम सञ्चालन गरिनेछ ।
 हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोडदिइनेछ ।
७०) क्रमिक रुपमा बढ्दै गएको जलवायु परिवर्तन प्रति सबैलाई सचेत गराउँदै हरियालीपनको विकास गरी जलवायु परिवर्तन न्यूनिकरण गर्दै लगिनेछ ।जलवायु परिवर्तनको प्रभावबाट पर्ने असरहरुबाट बच्ने उपायका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।

फोहरमैला तथा ढल व्यवस्थापन
७१. राजमार्ग क्षेत्रका जुनसुकै फोहरलाई नदिमा फाल्ने कार्य तथा प्राकृतिक श्रोतको अव्यवस्थित प्रयोग र त्यसवाट त्रिशुली नदीमा हुने प्रदुषण समेत लाई कडाईका साथ नियन्त्रण गरी त्रिशुली नदीको स्वच्छता पुनस्र्थापित गराई स्वच्छ त्रिशुली हाम्रो अभियान कार्यक्रम सञ्चालन गरिनेछ ।
७२. विशेष गरी राजमार्ग आसपासका घरबाट उत्सर्जन हुने फोहोरलाई गल्ने र नगल्ने गरी घरबाट नै दुई भागमा विभाजन गरी गल्ने फोहोरबाट कम्पोष्ट मल तयार गरी बालीमा प्रयोग गर्न प्रोत्साहन गरिनेछ भने नगल्ने फोहोरफाई पुनः प्रयोग गर्ने प्रविधिलाई प्रोत्साहन गर्दै फोहरलाई मोहरमा रुपान्तरण गर्ने नीति अवलम्वन गरिनेछ ।
७३. प्लाष्टिकजन्य वस्तु वातावरणीय दृष्टिकोणमा हानिकारक हुन्, भन्ने कुरा चेतना अभिवृद्धि गराउदै यसको विकल्पको खोजी गरी प्लाष्टीक रहित अवधारणा अवलम्वन गरिने छ ।
७४. टोल विकास संस्था तथा क्लबहरुलाई परिचालन गरी सरसफाई तथा हरियाली क्षेत्र विस्तार गरी वातावरणीय सन्तुलन कायम गर्ने कार्यको जिम्मेवारी दिईने छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण
७५. नदीनालाबाट उत्पन्न हुने प्रकोप नियन्त्रण गर्न खोलामा तटबन्द निर्माण गरी रोकथाम गरिनुका साथै जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयसँगको सहकार्यमा नियन्त्रणका कार्यक्रमहरु समेत संचालन गरिनेछ ।

विपद व्यवस्थापन
७६. गाउँस्तरीय विपत् व्यवस्थापनका लागि एक विपत ब्यवस्थापन कोषमा रकम बृद्धि गरि प्रभावकारी काम गर्न विपत् क्षेत्रमा काम गर्ने गैह्रसरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
७७. संभावित विपद जोखिम न्यूनिकरणका लागि गाउँपालिकाका सबै वडामा प्राकृतिक प्रकोप विरुद्धको जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विपद पश्चात आइपर्ने जोखिमबाट बच्चनका लागि पूर्व तयारी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
७८. सरोकारवाला निकायहरुसँगको सहकार्यमा विपद व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।

ङ. संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्र
सामान्य सेवा

७९. गाउँपालिकाको प्रशासनीक संयन्त्रलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी र अर्थपूर्ण सहभागितामुलक बनाउँदै मुस्कान सहितको सेवा प्रवाहमा चुस्तता ल्याईनेछ ।
८०. गाउँपालिका भित्रका कर्मचारीको कार्य सम्पादन मुल्याङ्कन गर्ने परीपाटीको विकास गरी तोकिएको जिम्मेवारी बहन गर्ने कर्मचारीको उचित मूल्याङ्कन गरी प्रोत्साहन र पुरस्कृत गर्ने परिपार्टीको विकास गरिनेछ ।
८१. गाउँपालिका भित्रका कर्मचारीहरुको समय सापेक्ष विविध पक्षमा क्षमता विकास गरिनेछ ।
८२. गाउँपालिकाको प्रशासनीक निर्माणाधिन भवनलाई निन्तरता दिदै वाँकी रहेका वडा कार्यालयहरुको समेत भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
८३. कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा भ्रमणको ब्यवस्था गरिनेछ ।
८४. भ्रष्टाचार, अनियमिता तथा ढिलासुस्ती प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी संविधान प्रदत्त सूचनाको हक सम्बन्धी कानूनको पूर्ण सम्मान र पालना गर्दै सार्वजनिक पहूँचको अवधारणामा प्रशासन सञ्चालन गरिनेछ ।

सुरक्षा व्यवस्थान
८५. नेपाल प्रहरी संगको सहकार्यमा नगर प्रहरी मार्फत गाउँपालिका तथा वडा कार्यालयहरुको सुरक्षा गरिनेछ ।
८६. गाउपालिका भित्र रहेका नेपाल प्रहरीका इकाइहरु संगको समन्वयमा गाउमा शान्ति सुरक्षाको वातावरण कायम राख्ने प्रवन्ध मिलाइनेछ ।

सूचना प्रविधि
८७. सूचना र प्रविधिको माध्यमबाट गाउँपालिकामा सेवाग्राहीको गुनासो सम्बोधन गरिने परिपार्टीको विकास गरिनेछ ।

  • गाउँपालिका र वडा कार्याहरुलाई सूचना मैत्री कार्यालयको रुपमा विकास गरिनेछ ।

८८. गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका बारेमा सूचना र सञ्चारको माध्यमबाट अभिलेखिकरण गरिनेछ ।

पञ्जिकरण
८९. अनलाईन व्यक्तिगत घटना दर्ता प्रक्रियालाई थप वडाहरुमा विस्तार गदै लगिनेछ र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको विवरणलाई थप अद्यावधिक गरिनेछ ।

स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन
९०. गाउँपलिकाको समग्र सूचनालाई संकलन, प्रशोधन र विश्लेषण गरी गाउँपालिकाको वेवसाईट मार्फत व्यवस्थित गर्दै लगिनेछ । गाउँपालिका र माताहतका कार्यालयहरुको गतिविधिलाई समेत संकलन गरि वार्षिक रुपमा प्रकाशन गरिनेछ ।

सुशासन प्रवर्धन
९१. गाउँपालिका भित्र सञ्चालन हुने विभिन्न योजना तथा कार्यक्रमलाई गुणस्तरीय तथा पारदर्शी वनाउन रु तीनलाख भन्दा वढि लागतको योजना तथा कार्यक्रमको योजना सञ्चालन स्थलमै सुचना वोर्ड राख्ने तथा सवै योजना तथा कार्यक्रमहरुको कार्य सम्पन्न पश्चात सवै उपभोक्ताको उपस्थितिमा सार्वजनिक परीक्षण गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
९२. प्रत्येक योजना तथा कार्यक्रममा उपभोक्ताहरुको छुट्टै अनुगमन समिति, प्रत्येक वडामा वडा समिति र गाउँपालिकामा गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गठित अनुगमन समिति गरी तीन तहको अनुगमन संयन्त्रवाट सवै योजना तथा कार्यक्रमहरुको अनुगमनको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
९३. गाउँपालिका सबै वडा कार्यालयमा सेवाग्राहीले सहज र सरलरुपमा नागरिक बडापत्र देख्ने गरी नागरिक बडापत्र टाँस गरिनेछ । नागरिक बडापत्रका बारेमा सेवाग्राहीलाई सचेत गरिदै लगिनेछ । सूचनाको हक सम्बन्धी कानून बमोजिम सेवाग्राहीले मागेका विवरणहरु समयमै उपलब्ध गराइनेछ ।
९४. गाउँपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परिक्षणका कार्यहरु नियमित रुपमा गरिनेछ ।

अनुसन्धान, विकास र विविध
९५. आवधिक गाउँ विकास योजना तथा यातायात गुरुयोजना तर्जुमा गरिनेछ ।
९६. गाउपालिकाको समग्र विकासका लागि सामाजिक संघ संस्थाहरुसंगको सहकार्यलाई जोड दिइनेछ । गाउँपालिकामा कार्यक्रम स्वीकृत गराएका संघ सस्थाहरुसंग आवश्यक सहकार्य र साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ भने, गाउँपालिकामा समन्वय नगरी यसक्षेत्रमा कार्यक्रम सञ्चालनको लागि रोक लगाइनेछ ।
९७. गाउँको आन्तरिक आय अभिबृद्धि गर्न करको दायरालाई बढाउँदै सहभागितामूलक करनीति अवलम्बन गरिनेछ ।

  • स्थानीय सरकार सञ्चालनको मूल आधार स्थानीय आय भएकाले गाउँबासी,, उद्योग वाणिज्य संघ, टोलसुधार समितिहरु र स्थानीय विद्यालय तथा क्याम्पसहरुसँग सहकार्य गरी कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाइनेछ ।

गाउ सभाका सदस्यज्युहरु,
विगत केही महिना देखि माहामारीका रुपमा फैलिएको कोभिड – १९ को कारण विश्वनै आक्रान्त भैरहेको सन्दर्भमा हाम्रो मुलुक र यो गाउँपालिका समेत अक्षुत रहेन । हामी गाउँवासीको सावधानी, सचेतना र दृढ आत्मविश्वास नै रोकथाम र नियन्त्रणको मुख्य उपाय हो । यो संक्रमण कहिले सम्म रहिरहने भन्ने पनि कुनै आधार देखिदैन ।

तथापी गाउबासीको चाहना र आवश्यकताको सम्बोधनलाई उच्च प्राथमिकता दिई निर्माण गरिएको क्षेत्रगत नीति तथा आधार अनुरुपमा बजेट निर्माण र प्रभावकारी कार्यान्वयन मार्फत विकासका लक्ष हासिल हुनेमा पूर्ण विश्वस्त हुँदै नीति तथा कार्यक्रम तर्जुमामा सहयोग प्रदान गर्नु हुने वेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्युहरु, वडा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, गाउपालिकाका शाखा प्रमुखहरु सहित सम्पूर्ण कर्मचारीहरु, वडा सचिव लगायत वडा कार्यालयका कर्मचारीहरु, अन्य सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विभिन्न संघ सस्था, उद्योगी, व्यवसायी, तथा समस्त वेनीघाट रोराङ गाउवासीहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद ।