
गोरखा : गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका १२ जना, शहिदलखन गाउँपालिकाका तीन जना,बारपाक सुलिकोटका १ जना, गण्डकीका १ जना र अजिरकोट गाउँपालिकाका १ जना रहेका छन् । हालसम्म गोरखामा कोरोना संक्रमितको संख्या ७७ जना पुगेको छ ।