
हीरालाल गुरुङ
मुग्लिन : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरामा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । पहिरोका कारण मंगलबार विहान विहान ६ : ३० बजेदेखि मुग्लिन– आँबुखैरेनी सडक अवरुद्ध भएको हो । अहिले पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पञ्छाउने कार्य सुरु नभएको इलाका प्रहरी आँबुखैरेनीले जनाएको छ । पहिरो पञ्छाउनका लागि मेसिन तयारी अवस्थामा रहे पनि पहिरो झरीरहेकोले पहिरो पञ्छाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि मुग्लिन तर्फबाट गएका र आँबुखैरेनी तर्फबाट आएका सवारी साधनहरु रोकिएका छन् ।
तस्बीर : बादल थकाली फेसबुक