काठमाडौंः प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापीय प्रणालीको समेत विकास भएको छ।

जसअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिकांश स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती सुदुरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी प्रदेश ५, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।