नेपाल कृषि प्रधान देश भएको कारण इच्छाकामना गा.पा.४ लेवाटार चितवन मा पनि करिव लगभग २०५७–५८ आ.व. स्थापना मस्याङदी सहकारीको सहकार्यमा लेवाटार बासिहरुको जनभावन्त कृषिसंग जोडि आयआर्जनलाई बृद्धि गरि यस मगर बस्तीलाई सम्पन्न बनाउन पहाडी भेगको मुलको पानीलाई लिफ्टीङ्ग सिस्टम द्धारा पाइप लाइन जडान गरि खेत खेत गरागरा सम्ममा सिंचाईको ब्यबस्था गराई उन्नत तरिकाबाट तरकारी खेतिलाई प्रोत्साहन गर्न सक्ने गरि बृहत उदेश्यका साथ यो परियोजना अगाडी बढाएको थियो । संम्योगबस यस परियोजनाको भावना र उदेश्य अनुसाार संचालन हुन नसकेको कारण कार्यक्रमहरु एका–एक उदेश्यहिन भई प्रत्यक्ष कृषि संग जोडिएको सिंचाई जस्तो नभई नहुने अति आवश्यक परियोजना आज आएर जिर्णद्धार भई नष्ट हुदै छ । यस ठाउँ लेवाटार अति नै खेतिको लागि उर्वर भुमि, मिलेको समथर टार, माटोमा सुन उमार्न सक्ने जमिन हो । तर आज सिंचाईको अभाब द्धारा यहाँका जनमानस द्धारा यो उर्वर भुमिलाई चलायमान बनाई आर्थिक वृद्दिलाई टेवा पु¥याउन यहाँका स्थानिय बासिन्दाहरु ले खासै सकेको जस्ता महसुस पाइएको छैन । जुन सिंचाई अहिले सम्म संचालन भई ब्यावसायीक तरकारी खेति गर्न सकेको भए आज लेवाटार बस्ती एक नमुना बस्तीको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो होला । किनकि यस ठाँउमा तरकारी उत्पादन गरी बजार ब्यबस्थापनको लागि खासै टाढा जानु पर्ने अबस्था पनि छैन, त्यसतै ढुवानीको लागि पनि । आजको विसम परिस्थीतिमा यो पाहाडी परियोजन द्धारा यो उर्भर भुमिमा सिंचित गर्न सकेको भए कोहि पनि बेरोजगार अवस्थामा .बस्नु पर्ने थिएन होला ।
म आज बाध्य भएर सोचनिए अबस्थामा कल्पीत भएको छु । यस्ता किसिमका परियोजनाहरु, प्रत्यक्ष कृषक सगँ जोडिएका कार्यक्रमहरु किन बिपmल हुन्छ । यस बिषयमा अध्यान गर्न मन लाग्छ । जुन सिंचाई को पानी द्धारा यँहाको दैनिक नभई नहुने खाने पानी पिउने पानीको अभाबलाई पनि परिपुर्ति हुन सक्छ होला । त्यो बाझोँ गन्दे, पाति, वनमाराहरुले ढक्मक्क ढाकेका गराहरुमा हरियालि तरकारीहरु उत्पादन भई गाँऊ–गाँऊ, टोल–टोल, चोक–चोकमा बेच्न पाइएको भए नयाँ लेवाटार भएर राष्ट्््को लागि एक नमुना गाँऊ हून्थ्यो होला, जुन यहाँ कल्पनामा मात्र सिमित भएको छ ।
यस्तो जनतासंग प्रत्यक्ष जोडिएको परियोजनाहरु किन बिफल भएको छन् ? यो त एक सानो उदाहरण हो । यो मात्र नभई अधिकांश परियोजनाहरु यसरी नै सुूस्त अबश्थामा सञ्चालित हुदाहुदै बिलय भईरहेका छन् । किन यसरी बिफल भई नष्ट हुन्छ राष्ट्रको लगानीहरु ? जुन कुरा सोाचनिय छ । यसरी परियोजनाहरु एका–एक बिफल हुनुमा मुख्य कारण परियोजनामा लगानी गर्दा त्यस योजनाको महत्व जनमानसलाई बुझाउन नसकेको परकाष्ट पो होकी, या नेपाली जनताहरु आफ्नो देशमा भएको रोजगारीलाई कुनै महत्व नदिने तर बिदेशी भुमिमा जस्तो सुकै पसिना बगाउन पछि नपर्ने नेपालीहरुको मुख्य कमजोरी अन्तरर्गत पर्छ ।
निष्कर्षमा भन्नु पर्दा यस परियोजनालाई आधार मानी यि र यस्ता परियोजनाहरु लाई पुन्र्नजन्म दिनु आजको आवश्यकता हो । जसको कारण अर्थ ब्यबस्था माथि उठ्नुको साथै समग्र राष्ट्र बिकास मा टेवा पुग्दछ । अझ यो सिङ्गो राष्ट्र एवम विश्व बजार नै कोभिड १९ को कारण लकडकउनको चपेटामा परेको विसम परिस्थितिमा कृषिकर्म र यसको महत्व बुझ्ने मौका हामिले निकै नजिकै बाट पायौ । तसर्थ यहाँको जनप्रतिनीधि, बुद्घिजिवि, समाजसेवि, युवाहरु एवम् सरोकारवाला हरुले यस बिषय उठ्ठान लाई उच्च प्रथामिकताको साथ अग्रपंक्तिमा राखेमा साच्चैनै यस क्षेत्रले व्यावसायीक कृषि प्रणलिमा ठुलो छलाङ् मा¥दथ्यो । अझ देशकै खम्वा युवा जनशक्ति लाई आधुनिक एवम बैज्ञानीक ढङ्गबाट बाट कृषिकर्ममा पोत्साहन गर्न सके छिट्टै संमृद नेपाल बन्ने हाम्रो सपना साकार हुन् पुग्दथ्यो ।
लेखक अधिवक्ता बिकाश तुलाचन
इच्छाकामना गा.पा वडा नं ४ कुरिनटार चितवन (रमाइलोडाडाँ)