इच्छाकामना : बर्षासगैँ नारायणगढ –मुग्लिन सडकमा खसेको पहिरोले पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ चारकिलो डाँडामा बिहान ४ ः ३० बजे खसेको पहिरोले विद्युत पोल ढलेपछि सोही वडामा पर्ने पाँच किलो, नौ किलो जलबिरे र याकराङ लगायत ३ सय ५० घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको हो ।
सडकको पहिरो हटेपछि मात्र विधूत सेवा सुचारुका लागि पोल मर्मत गरि विद्युत जडान गर्न सकिने विद्युत सेवा विस्तार तथा मर्मतको कार्य गर्दै आएका मस्र्याङ्दी बहुउदेश्यिय सहकारी संस्था लि मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडकको पहिरो हटेपछि पनि विद्युत सुचारु गर्न ३ घण्टा लाग्ने छ।
पहिरो खसेपछि सडक पनि दुइतर्फी रुपमा अवरुद्ध बनेको छ ।अवरुद्ध सडक सुचारु हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।