मुग्लिन : गएरातीदेखि परेको अविरल बर्षाका कारण पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ चारकिलो डाँडामा बिहान ४ : ३० बजे पहिरो खसेपछि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध बनेको हो । अहिले विहान ७ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी खटिएको र डोजर ल्याइ पहिरो हटाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले जानकारी दिनुभयो ।
पहिरो झर्ने क्रम अझै जारी रहेकोले पहिरो हटाई राजमार्ग सुचारु गर्न कम्तिमा पनि ४÷५ घण्टा लाग्ने प्रहरीले अनुमान गरेको छ ।