
पर्वत : पहिरोले पुरिएर गएराति पर्वतको कुश्मा नगरपालिका–३ मा तीन जनाको ज्यान गएको छ । अन्य ६ जना बेपत्ता छन् । गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको ज्यान गएको ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।
उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
तस्बीर सुरेन्द्र गुरुङ फेसबुक