
मुग्लिन : नारायणगढ–मुग्लिन सडकमा ट्रक दुर्घटना हुदाँ चालक गम्भीर घाइते भएका छन् । शुक्रबार विहान ६ ः३० बजेको समयमा पोखराबाट नारायणगढ तर्फ जादैँ गरेको ना ८ ख ५२०० नम्बर ट्रक चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट तल खस्दा चालक गम्भीर घाइते भएका हुन् । घाइते चालकलाई उद्धार गरि उपचारका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते चालकको परिचय खुलेको छैन । घटनाको विस्तृत विरण आउन बाँकी छ।