विवेक अर्याल-धादिङ,

धादिङ जिल्लामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको निलकण्ठ नगरपालिकाको क्वारेन्टीनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

भारतबाट फर्किएर निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा बसेका उनीहरुको आरडिटी परिक्षणमा कोरोना पोजिटिभ आएको थियो । उनीहरुको स्वाव परिक्षणका लागि जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा पिसिआर रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ ।

पिसिआर पोजिटिभ आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनीहरुको कन्ट्राक ट्रेसिङ भइरहेको समेत जनाइएको छ ।

संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।