राजेन्द्र न्यौपाने
गोरखा :  गोरखाका जिल्लाको आरुघाट, गण्डकी र पालुङ्टार नगरपालिकामा देखा परेका कोरोना भाइरस पोजेटिभका विरामीहरुलाई निगरानी गर्न गोरखा अस्पतालको आइसोलेसन कक्षमा सिसी क्यामेरा जडान गरिएको आइसोलेसन कक्ष निर्माण समितिका संयोजक गोर्वधन श्रेष्ठले बताए ।


दुईदिन अघि मात्रै तयार भएको १० बेडका आइसोलेसनमा विरामी पुर्याउने तयारी भईरहेको छ । गोरखा अस्पतालका डाक्टरहरुको क्वाटरको रुपमा रहेको भवनमा आइसोलेसन निर्माण गरिएको हो । विरामीको पूर्ण रुपमा क्यामेरा मार्फत निगरानी गर्नका लागि भर्खरै क्यामेरा जडान गरिएको श्रेष्ठको भनाई छ । विरामीको उपचारका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड नविन थापाले बताए ।