कुरिनटार-गोर्खामा १० जनालाइ कोभिड १९ कोरोना भाइरस पोजिटिभ देखिएको छ। गण्डकी गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा रहेका ९ जना र गोर्खा सदरमुकाम हिरासतमा रहेका पालुङटार नगरपालिका ७ का एक किशोरमा संक्रमण पुष्टि भएको हो।
गण्डकी गाउँपालिकाको भिमोदय आधारभुत विद्यालय खसटार घ्याल्चोक , रत्नेश्वर मा.वि. दर्बुङको क्वारेन्टाइनमा रहेका ४/४ जना र ज्ञानमार्ग मा. वि. घ्याल्चोकमा रहेका एकजनामा पोजिटिभ पुष्टि भएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोग शाला पोखरामा भएको स्वाब परिक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। उनिहरु लाई अहिले जिल्ला अस्पताल गोर्खाको आइसोलेसनमा लैजाने तयारी भै रहेको छ।