
गोरखा : पश्चिम रुकुमको घटनाका दोषीलाई कारबाहीको माग गर्दै गोरखाको गण्डकी गाउपालिका १ को बुट्टार र मकैसिंगमा बिरोध –याली निकालिएको छ । गाउँपालिका स्थित वडा नं १ का सम्पुर्ण दलित समुदायको अगुवाईमा जातिय बिभेदको रुपमा देखिएको पश्चिम रुकुमको घटना जघन्य अपराध भएको भन्दै दोसी माथि कडा कारवाहीको माग गरिएको हो । -याली संलग्नहरुले दोसी माथि कडा कारवाहीको माग गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइलीको प्रमुख आतिथ्य तथा गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
यहि जेठ १० गते पश्चिम रुकुमको चौरजौहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी आफ्नी प्रेमिकालाई भगाउन साथीहरु सहित गएका नवराज बि.क लगायत ६ जना मृत अबस्था शव फेला परेका थिए । केटी पक्षले गाउँले लखेट्दा उनिहरु भेरी नदीमा हाम फालेर र सोही क्रममा नदीमा डुवेर मृत्यु भएको दाबी गरेका छन् । यता केटा पक्षले भने केटी पक्षले कुटपिट गरि हत्या गरेर नदीमा फ्याकेको आरोप लगाउदै आएका छन् ।