काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा उत्पन्न “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीइ क्षेत्रको प्रभाव कायम रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ।
प्रदेश १, २, बागमती, गबअधिकांश क्षेत्रमा बदली, मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनामण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का बाँकी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।