
सांसद दाहालले भन्नुभयो,” निर्वाचनका बेला यहाँ आइपुग्दा संघिय सांसद कृष्णभक्त पोखरेल जी र मैले भनेका थियौँ अब हामी किट्स्वरा मोटरबाटो पु–याएर मात्र आउने छौँ, आज प्रतिवद्धता पुरा भएको छ, अहिले गाडी चढेर आएका छौँ । ”उहाँले अहिले सम्म आउन नसकेकोमा जनतासमु माफी पनि माग्नुभयो ।
वागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति समेत रहनुभएका सांसद दाहालले सडकबाटो निर्माण संगै यहाँ तरकारी खेतीको प्रचुर सम्भवाना रहेकाले अब त्यस तर्फ लाग्न आग्रह गर्नुभयो । उहाँले प्रदेशले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पशुपालन तथा तरकारी खेतीका लागि समूह बनाउनुहोस् प्रदेश सकारले विना व्याज लगानी गर्दैछ , २० लाख सम्म किसानलाई विना व्याज लगानी गर्ने विषयमा छलफल भइरहेको छ ।” सांसद दाहालले जनप्रतिनिधिहरुलाई निरन्तर खबरदारी गरिरहन आग्रह गर्नुभयो ।
उहाँले तामिनको सुन्तला खेतीको स्तरोन्न्तीका लागि प्रदेश सकारले २५ लाख विनियोजन गरि प्रकृयामा आइसकेको बताउनुभयो । पछिल्लो बर्षहरुमा सुन्तलामा फल नलाग्ने र बोटमै मर्ने क्रम बढेपछि कृषि विज्ञ प्राविधिकहरुको सल्लाह बमोजिम पुरानो बोट नष्ट गरि नयाँ विरुवा रोप्नका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । आगामी बर्ष पनि सुन्तलाका लागि बजेट विनियोजन गरिने बताउनुभयो ।
स्थानिय रन बहादुर गुरुङले आफुहरुको गाउँमा मोटरबाटो लयउने सपना पुरा गरिदिएकोमा जनप्रतिनिधिहरुलाई धन्याद दिनुभयो ।
(मुग्लिन– तामिन – किट्स्वरा –इच्छा कामना) सडकको स्तरोन्नती र नयाँ ट्याकको लागि केन्द्र सकार, वागमती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाले वजेट विनियोजन गरेका थिए ।
अहिले प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँले मुग्लिनदेखि स्तरोन्नतीको कार्य भइरहेको छ भने केन्द्र सरकारको ५० लाखले तामिन देखि किट्सोरा –इच्छाकामना मन्दिर सम्म नयाँ ट्याक जोड्ने काम सम्पन्न भएको छ ।
साथै वडा नम्बर ३ स्थित निर्माणधिन माझ गाउँ डुडेको सडकको पनि निरिक्षण गर्नुभयो ।