इच्छाकामना :  चितवनको इच्छाकामना ६ स्थित साविकको चण्डी भञ्ज्याङको कार्यालय भएको माथिल्लो ढुङग्रेमा पहिलो पटक मोटरबाटो पुगेको छ । गत शनिबार ढुङग्रे गाउँलाई सडक सञ्जालले जोडिएको हो ।
यसैबिच सोमबार चितवन क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम दाहाल   अविनासले उक्त मोटरबाटोको स्थलगत अनुगमन समेत गरेका छन् । । सांसद दाहालले आफुले चुनावको समयमा गरेको वाचा पुरा गर्नसकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“जनता खुशी भएनै हामी खुशी हुने हो, आज मैले जे वाचा गरेको थिए केही पुरा भएको छ, जनतामा थोरै भए पनि खुशी छाएको छ । ”
अब यहाँको खाने पानीका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कहाँबाट ल्याउने हो मुहानको पहिचान गरि उपभोक्ता समिति गठन गरि माग गर्न सुझाउनुभयो ।साथै उहाँले चण्डीभञ्ज्याङ स्वास्थ्यचौकीको अवस्था बारे चासो लिनुभएको थियो । यहाँका बासिन्दाको लागि एक मात्र स्वास्थ्य संस्थालाई मजमुद बनाउन प्रदेशले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज प्रताप गुरुङ मौसमले सडक सञ्जालले गाउँलाई जोडेसंगै अब स्थानीय उत्पादनमा लाग्नुपर्नैमा जोड दिनुभयो । गाडीमा चामल हालेर मात्र ल्याउने नभई यहाँबाट तरकारी उत्पादन गरेर बजार लैजानु पर्ने बताउनुभयो । सरकारले कृषिमा जोड दिएकाले अब कृषि तर्फ लाग्नु पर्ने बताउनुभयो ।


बाटो निर्माणका अभियनता नेकपा जिल्ला सदस्य तथा इच्छाकामनाका अध्यक्ष दान बहादुर गुरुङले सडक निर्माणका लागि बजेट विनियोजन गर्नुहुने संघिय सांसख कृष्णभक्तपोखरेल र प्रदेश सांसद घनश्याम दाहाललाई लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यावाद दिनुभयो ।
सडक निर्माणका अर्का अभियनता स्थानीय यूवा याम बहादुर गुरुङले सडक निर्माणसंगै अब अन्य विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । अब स्थानीयले उत्पादन गरेको उत्पादनहरु बजार सम्म लैजान सहज हुने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ६ जलबिरेबाट २०६६ सालमा निर्माण सुरु गरिएको उक्त सडक निर्माणका लागि विभिन्न निकायले करोडौँ रुपैयाँ लगानी गरिएको छ। जलबिरेदेखि याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्गगडे हुदै साबिकको चण्डिभञ्ज्याङ्ग गाविसको केन्द्र रहेको स्थानसम्म पु¥याउने लक्ष्यका साथ उक्त सडक निर्माण कार्य सुरु गरिएको थियो। तात्कालिन समयको चण्डिभञ्ज्याङ्ग गाविस, जिल्ला विकास समिति चितवनका साथै सांसद कृष्णभक्त पोखरेल मार्फत सांसद विकास कोषको लगानीमा सडक निर्माण कार्य सुरु भएको थियो । यस्तै उक्त सडक निर्माणमा हालको बाग्मती प्रदेशले विभिन्न समयमा करोडौँ रुपैयाँ विनियोजन गरि  काम गरेका थिए ।