बन्दिपुर. तनहुँको बन्दिपुर गापा भित्र जेठ २१ बाट बजार क्षेत्रमा एक हप्ता शिल हुने भएको छ । विभिन्न टोल विकास संस्था, राजनितिक पार्टि, नागरिक समाज र स्थानीयले एक हप्ताका लागि औषधी पसल बाहेक सम्पूर्ण पसल र मानिस हिँडडुलमा कडाई गर्न गाउँ पालिकासँग अनुरोध गरेका थिए । सोमबार बिहान डुम्रेबजारमा सर्व पक्षिय बैठक गरि कडाई गर्न गाउँपालिकासँग माग गरिएको डुम्रेबजार टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएको र बजार क्षेत्रमा भिडभाड बढ्दै गएको भन्दै शिल गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनु भयो । साथै उहाँले अति आवश्यक सामान जेठ २० गते भित्र खरिद गर्न समेत नागरिकहरुलाई आग्रह गर्नुभयो ।
यस अवधिमा औषधी पसल बाहेक अति आवश्कीय पसल समेत बन्द रहने छ भने बैंक तथा बित्तिय संस्था सहकारी तरकारी पसल बन्द रहने छ भने सरकारी योजना, गौरबको योजना संचालन हुने, कृषिजन्य र दुग्ध जन्य कारोबार भिडभाड नहुने गरि सामाजिक दुरि कायम गरि संचालन गर्न दिईने बताईएको छ ।