
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा अमेरीकन फौजि किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानहरुलाई नि : शुल्क विषादी वितरण गरेका छन् । गाउँपालिकाभित्रका ४ सय किसानलाई करिब ६ सय बोत्तल विषादी वितरण गरिएको हो ।
गाउँपालिका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानहरुलाई नि ः शुल्क वितरण गरिएको बताउनुभयो ।
गत साल फाट्टफुट्टरुपमा देखिएको फौजि किरा यस बर्ष भने अत्याधिक बढेको उहाँले बताउनुभयो । गाउँपालिकाभर ५० विगाहा भन्दा बढि मकैबालीमा यसको प्रकोप देखा परेको उहाँको भनाई छ ।
अहिले किसानहरुलाई फौजी किरा बारे जानकारी गराउने र नियन्त्रणका उपायँ सिकाउने काम गरिरहेको बताउनुभयो ।
कृषि शाखा प्रमुख घिमिरेका अनुसार एक/दुई बोटमा देखिन वितिकै उक्त बोटलाई उखेलेर फाल्दा प्रकोप फैलिन पाउदैँन तर धेरैमा किरा लागेछि विषादी नै प्रयोग गर्नुपर्ने हुन्छ ।
गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उहाँले बताउनुभयो ।
फौजी किराको प्रकोप बढ्दै गएपछि किसानहरु चिन्तित बनेका छन् । बेलैमा समस्याको समधान नगरे मकैबाली नास हुने किसानहरु बताउँछन् ।