हीरालाल गुरुङ
इच्छाकामना : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सकारले बन्दाबन्दीलाई जारी राखेको छ । तर प्रशासनको पहुँच नभएका पहाडी भेगमा भने शहर बजार क्षेत्रबाट घुम्न आउनेकोे संख्या अत्याधिक बढेको छ ।
यसरी घुम्न आउनेको संख्या बढेपछि स्थानीयहरु भने त्रसित बनेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ दाहाखानीमा बन्दाबन्दीको समयामा पनि शहरबाट घुम्न आउनेको संख्या बढेकोस्थानीय विद्यालयका शिक्षिका रुपा गुरुङले बताउनुभयो ।
शहरबाट मोटर साइकलमा घुम्न आउनेको संख्या बढ्दै गएपछि स्थानिय त्रसित बनेको गुरुङले बताउनुभयो । घुम्न आएकाहरु गाउँमा पस्दा कोरोना संक्रमण फैलने त्रास भएको उहाँको भनाईछ ।
उहाँले भन्नुभयो, “बन्दाबन्दीको समयमा बजार क्षेत्रबाट गाउँतिर घुम्न आउने संख्या ह्वात्तै बढेको छ, यहाँ गाउँमा बजारबाट मानिसहरु आउँदा स्थानियहरु त्रसित बनेका छन्, हामीले नआउनुहोस् भनेर सम्झाएपनि दैनिक घुम्न आउनको संख्या घटेका छैनन् झन् बढ्दै गएको छ ।”
वाड नम्बर २ काउलेमा पनि बजार क्षेत्रबाट घुम्न आउनेहरुको संख्या बढेका छन् । स्थानिय प्रकाश बुढाथोकीले गाडी नै रिजर्भ गरेर घुम्न आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“यहाँ प्रशासनको कुनै पहुँच छैन, बन्दाबन्दीपछि गाडी नै रिजर्भ गरेर बजार क्षेत्रबाट घुम्न आउनेको संख्या बढेको छ , बाहिर शहरबाट गाउँ घुम्न आउनेको संख्या बढ्दा स्थानियहरुलाई बाहिर निश्किएर काममा जान समेत जोखिम बढेको छ ।”
स्थानीयले केही दिन बाटोमा ढुंगामुढा राखेर समेत अवरुद्ध गरेपनि अत्यआवश्यक काममा बाधा पुग्ने भएकाले त्यस्ता अवरोध हटाइएको बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार विशेष गरि पर्यटकीय स्थल नजिक भएको गाउँका स्थानीय त्रसित छन् । बन्दाबन्दीमा गाउँमा रहेका पर्यकटकीय स्थलहरुमा घुम्न आउनेहरु बढीरहेका छन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले भने बाहिरबाट आउनेहरुलाई रोक्ने प्रयात्न भइरहेको बताउनुभयो । उहाँले अन्य स्थानिय तहबाट मात्र नभई गाउँपालिकाभित्रका नागरिकलाई अतिआवश्यक काम बाहेक एक टोलबाट अर्को टोलमा नजानका लागि समेत निर्देशन जारी गरेको बताउनुभयो । टोलविकास संस्थालाई बन्दाबन्दीकोे समयमा घुम्न आउनेलाई गाउँ प्रवेश गर्न नदिन र जबरजस्त गाउँ छिरे प्रशासन र गाउँपालिकालाई खबर गर्न आग्रह गरिएको बताउनुभयो ।
गाउँपालिकाले सञ्चार माध्यम तथा समाजिक सञ्जाल मार्फत सुचना प्रचार प्रसार गरि बन्दाबन्दीमा अतिआवश्यक काम बाहेक गाउँपालिकामा बाहिरी पालिका तथा जिल्ला र एक टोलबाट अर्को टोलमा आउजाउ नगर्न आग्रह गरेको बताउनुभयो ।