
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा एउटै किसानका ८ वटा बंगुर मरेका छन् । स्थानिय पूर्णप्रसाद तामाङको खोरमा शुक्रबार बिहान ९ बजे आधा घण्टाकोबिचमा ८ वटा बंगुर मरेका हुन् ।
खोर नजिकै मकै बालीमा हाल्ने विषादीको खोका भेटिएकोले कसैले उक्त विषादी खान दिएर मारेको हुन सक्ने आंशका गरिएको छ ।
ती मरेका बंगुरको नमुना परिक्षणका लागि काठमाडौँ ल्यावमा पठाउने तयारी भइरहेको छ । विगत १२ बर्षदेखि बंगुर पाल्दै आएका तामाङको खोरमा ३५ वटा बंगुर थिए ।