
काठमाडौं । बंगलादेशको आसपासमा अवस्थित चक्रवात अंफुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको छ । नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकवो छ।
हाल देशको पश्चिमी पहाडी भू–भाग लगाएत मध्य तथा पूर्वी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशको पश्चिमी पहाडी भू–भाग लगाएत मध्य तथा पूर्वी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।